काठमाडौ, २८ बैशाख । सात वर्षपछि रेखा थापा र आर्यन सिग्देलसँगै पर्दामा देखिने भएका छन् । रेखा फिल्मसबाट बन्ने नयाँ फिल्म ‘रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन पक्का भएका हुन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए । ‘यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन् ।

करिब सात वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्यो मेरो मन’ पछि रेखा र आर्यनले फिल्ममा सँगै काम गरेका थिएनन् । उनीहरुको बोलचाल समेत भएको थिएन । उसँग मेरो व्यत्तिगत दुश्मनी कहिल्यै पनि थिएन, मैंले मिडियामा पनि केही पनि भनेको थिइँन्’ आर्यनले भने, ‘अहिले स्क्रिप्टले बोलायो । तपाईंहरुले सोचे जस्तो झगडा नै भएको भएपनि मैंले खेल्ने फिल्मको क्यारेक्टरसँग त झगडा परेको छैन नि ’

यता रेखाले आर्यन र आफ्नो जोडी हलमा नआउँदा फिल्म क्षेत्रलाई नै घाटा लागेको बताइन् । दर्शकहरुलाई पनि अपराध गरेको जस्तो लाग्यो किनभने हाम्रो जोडीलाई दर्शकले अत्याधिक रुचाउनु भएको थियो ।’ तत्कालिन रेखा फिल्मसबाट बनेको ‘किस्मत’ फिल्मबाट रजतटपमा नायकको रुपमा डेव्यु भएका आर्यन र रेखाले ‘किस्मत’ सहित, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका छन् ।

भिडियो

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ । सामअ

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट