(170511) — TAXKORGAN, May 11, 2017 (Xinhua) — Rescuers work at Kuzigun Village in Taxkorgan County, northwest China’s Xinjiang Uygur Autonomous Region, May 11, 2017. Eight people have been confirmed dead and 11 others were injured after a 5.5-magnitude earthquake jolted Taxkorgan County at 5:58 a.m. Thursday (2158 GMT Wednesday). (Xinhua/Li Jing) (yxb)

बेइजिङ, २८ वैशाख  । चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ ।

चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ का अनुसार भूकम्पमा परी ११ जना घाइते भएका छन् । ५.४ म्याग्निच्यूड मापन गरिएको सो भूकम्प स्थानीय समयअनुसार बिहान ५ः५८ मा गएको हो ।

भूकम्पपछि पराकम्पहरु गइरहेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम सुरु भइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

सन् २००३, फेब्रुअरीमा पनि सो क्षेत्रमा भूकम्प गएको थियो । त्यतिबेला ६.८ तीव्रताको भूकम्पबाट २ सय ६८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

 

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट