काठमाडौं, २९ बैशाख । केही दिन यता अनेक व्यस्तताले गाँजेको थियो । नयाँ वर्ष २०७४ साल बैशाख महिनाको अन्तीम मंगलबार रेडियो कर्मी अच्यूत घिमिरेले उपन्यासकार चन्द्रा जोशी सुमनको उपन्यास ‘ऋतु’ हातमा थमाईदिनु भयो । साथै भन्नुभयो चन्द्रा जीले तपाईलाई उपहारकै रुपमा दिनुहोला भनेर भन्नु भएको थियो । साथमा कपिल अञ्जान मुसुक्क हाँस्दै थियो र भन्दै थियो किनेर पढिन्छ नि..।

चन्द्रा जोशी सुमनद्धारा लिखित तथा बुलबुल प्रकाशनले बजारमा ल्याएको नविनतम उपन्यास ‘ऋतु’ छरितो शिर्षक लागेपनि अर्थका हिसावमा व्यापक छ । ऋतु आफैमा एउटा समयको संकेत हो । विश्वको सुन्दर देश हाम्रो नेपालमा ६ प्रकारका ऋतु छन् । विश्वका अरु देशमा बढिमा तिन नभए २ वटा ऋतु छन्। यो उपन्यास १९९ प्लस ९ पृष्ठमा लेखिएको छ भने उपन्यासभित्र ४८ जना पात्रहरू छन् ।

ऋतु पूवि नेपालको झापामा जन्मिएर हाल लेवनानमा कर्मथलो बनाएर जीवन विताई रहेकी एकजना प्रमुख नारी पात्रको नामहो । हालको अमेरिका भन्दा ८ बर्ष पुरानो हाम्रो देश नेपाल रोजगारको भोकले पेट मिचिमिचि बाँचिरहेको प्रतिविम्वबाट सूरु भएको यो उपन्यास वर्तमान समयमा आँखा चिम्मेर गरिने प्रेमको खबदारीका रुपमा अन्त्य भएको छ ।

सुरुवातमा विछोडको वियोगमा लेखक आफै स्वयम पात्र बनेर उपस्थित बनेकि छन्। जुन कथाले जो कोहीलाई दुखाउन सक्छ । लेखकलाई चिन्ने मानिस त झनै दुख्न सक्छ । स्कुले जीवनमा ऋतुलाई प्रेमगर्ने पात्र अनुप, मिस्टर योजन, कथाको बीच भागबाट जोडिएकी सुजि, सागर, सन्दीप कथाको किनारसम्म छायाँमा देखिने मुख्यपात्र हुन् ।

समय नहुँदा पनि मैले यो उपन्यास दुईपटक पढ्नु पर्यो । पहिलो पटक सामान्य रुपमा केही सुझाव र ज्ञान अनुभूतिकै निम्ति पढेँ । लेखककै आग्रहमा समिक्षा लेख्नको लागि प्रस्ताव आएपछि फेरी पढ्नुपर्ने भयो । आज मेरो जीवन पनि दुरुस्तै ऋतु उपन्यास जस्तै छ । कथा पढ्दै गर्दा कथाको सन्देश जहाँ पुग्छ । पाठक पनि उतै उतै पुग्नुपर्छ । पुस्तक मनोरञ्जनको लागि भन्दा पनि अनुभूति र केही ज्ञान लिनको लागि अध्ययन गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिस मै हुँ । आज मैले ऋतुको समालोचना लेखि रहेको छैन् । केवल समिक्षा लेखि रहेको छु । समालोचना गर्ने हैसियत सायद मसँग अझै बनेको छैन् । भाषा, व्याकरण, प्रथम, दृतिय दृष्टिविन्दु, पुरुष लगायत मिथक विम्बका बारेमा लेखि रहनु अनिवार्य भएन । मैले जे देखे त्यो लेख्नको लागि उपस्थित हुँदै गर्दा म ऋतुको लागि एक स्वतन्त्र पाठक पनि हुँ भन्ने कुरा मैले भूलेको छैन ।

यो उपन्यासमा स्थानीय भेद, नेपाली, हिन्दी, अँग्रेजी र अरबियन भाषाको प्रयोग भएको पाईन्छ । यसले अझै उपन्यास चाखपूर्ण बनाएको छ । यो उपन्यास पढ्दै जादा कौतुहल्ताको भूमरीमा मजाले जाकि दिन्छ । जस्ले पाठक खाना छोडेर अझ अगाढि के हुन्छ त्यो थाह पाउँनको लागि ध्यान दिएर पढ्न रुचि राख्छ ।

आफैमा वैदेसिक रोजगार नराम्रो त होईन । तर नेपाली दाजुभाई र दीदीबहिनीहरू केवल छाक टार्नको लागि, शिक्षा स्वास्थ्य र फाटेको चोली फेर्नकै लागि बिदेश भासिनु दुखद हो । गाउँका कुना कन्दाराबाट सम्पन्नताको सपना बोकेर राजधानी पुग्नु, त्यसपछि पराई भूमिमा नजानिदो भाषा, विछट्टै पहिरन, नमिठो परिकार अर्कोतिर परिवारसँगको विछोडको रापमा दन्दन्ति जल्नुपरेको पिडा ऋतुले भोग्दै गर्दा लक्ष्यबाट भने रत्ति विचलित भएको पाईदैन।

पराई भूमिमा भाषा, देश भन्दापनि साथको खाँचो पहिलो कुरा हुँदो रहेछ भन्ने भावना जागृत हुने क्रममा ऋतुुको वैदेशिक यात्रा पछिको पहिलो साथी मुन्नि हो । जस्ले ऋतुलाई पराईदेशमा जीवन विताउने धेरै आधार निमार्ण गर्न सहयोग गरिन् ।

दिनहरू वित्दै जान्छन्। घरको माया र सम्झनामा रनभूल परेको बेला मध्यराति घरको बारदलिमा निस्किन्छन् । त्यति नै खेर दुईजना बालबालिका सडकमा देख्छिन् । त्यतिबेला ऋतुले आफ्नै छोराछोरीको वेहद याद गर्छिन् । करिब एकमहिनाको समयमा एक आधा दर्जन बढि घर बदल्ने अवस्था आईलाग्छ । कुनै घरमा सुत्ने व्यवस्था नमिल्ने, कुनै घरमा मालिकको शासन नमिठो । यस्ता दुश्यहरूले ऋतुलाई मर्माहत तुल्याउछन् ।

समय वित्दै जान्छ । एकदिन बर्षौँ पहिलेको साथी अनुपको जन्मदिन पर्छ । जन्मदिनको अवसरमा साथीहरूसँग भेटघाट हुन्छ । त्यतिबेला अनुपले एउटा कोठाभरि ऋतुका तस्बिर सजाएर राखेको हुन्छन्। त्यो दृश्यले ऋतुको मन अमिलो बनाउछ । उपन्यासको अध्याय ७ देखि १८ सम्म एकै प्रकारले कथा बामे सार्छ । त्यसपछि भने कथा अन्तै मोडिन्छ । समय र समाज, प्रेम र विछोड । साथ र हात । ऋतुको जीवन गम्भिर बन्दै जान्छ। यो बीचमा विदाको दिन, खाने बस्ने रमाउने सबै हुन्छ । मिस्टर योञ्जन ऋतुलाई औधि मन पर्ने व्यक्तिको रुपमा अघि आउछ ।

अर्कोतिर अनुपले बर्षौँदेखि ऋतुलाई प्रेम गरिरहेको हुन्छ । लामो समयसम्म पनि अनुपले ऋतुलाई मन पराउनुको कारण ऋतुलाई नै थाह हुँदैन । ऋतुलाई मिस्टर योञ्जन खुब मनपर्छ । छोराछोरीकी आमा भएर पनि किन प्रेम गर्न खोज्छौँ? किन पागल बन्छौँ जस्ता शब्दले योञ्जनले रेट्दा पनि ऋतु रत्ति दुख्दैनन् । जवानीको राप अझै ऋतुमा छ ।

उता अनुप ऋतुलाई परेको दुःख सुखमा ज्यादा सहयोगी बनिरहेको हुन्छ। जुन कथाले समयलाई बुझ्न आग्रह गरिरहेको हुन्छ ।
परम्परागत रुपमा बिहे बन्धनमा बाँधिएकी ऋतुले सुरुदेखि नै आफ्नो पति प्रदिपलाई कथाको किनारासम्म सुसुप्त रुपमा राखेको भेउ पछिमात्रै पाठकले थाह पाउछन् । जस्ले ऋतुसँग विहे गरेको दुई बर्षमै अर्की स्वास्नि लिएर गएको हुन्छ ।

आफुले जन्मदिएका छोराछोरीको भविष्य सुन्दर बनाउनको लागि ऋतु प्रवासमा जीवनका गिट्टी कुटिरहेकी हुन्छन् । तर यता छोराले आफ्नो बाबुले छोडेदेखि गाउँको सागरसँग साठगाठ छरे भन्ने आशंका गर्छ । त्यो बेला ऋतु झनै दुखित हुन्छिन् । गाउँघरमा भन्ने गरिन्छ, आमाको मन छोराछोरी माथि, छोराछोरीको मन पथ्थर माथि । यो उक्ती ऋतुको जीवनमा दुरुस्तै लागु भएको छ । एकदिन बिरामी पर्छिन् ।

लामो समयको अन्तरालसम्म अस्पतालमा बस्दा साथीहरू सुजि, सोनु, नितु, सन्दिप र प्रेमी अनुपको साथ पाउछिन्। हाम्रो समाजले लगाएको बारभन्दा माथि उठेर प्रेम गर्नखोज्ने ऋतु अन्तत असफल नै हुन्छिन् । नारीले पनि अर्को पुरुषसँग विहे भनौ या प्रेम गर्नमिल्छ । छोराछोरीको आमा भएकैले प्रेमबाट वञ्चित हुनुहुँदैन। चाहना पुरागर्न मिल्छ । जीवन यहि एउटा चोला मात्रै हो । यसलाई चरित्रहिनतामा कसैले तुलना गर्न नहुने विगुल ऋतुले मिस्टर योञ्जनको नाममा फुकिरहेकी हुन्छिन्।

अनुपलाई सताईरहेको भान ऋतुलाई हुन्छ । ऋतु संसार छोडेर कतै जानेमा हुन्छन् तर अनुप त्यसको बाधक बन्छ । ‘खुहुरी’ अस्पतालबाट मिस्टर योञ्जन विहेको बधाई खान आतुर हुन्छ । तर ऋतु छोराले लगाएको मिथ्थाको आरोप, अनेकन दुख, प्रेमको भोक त्यसै माथि बिरामी यस्तै अनेकन कारणले आफूलाई अस्पतालको सैयाबाट मरे तुल्यको घोषणा गर्छिन्।

यस्तो अवस्थामा अनुप ऋतुलाई महाकालको दैलोबाट बचाएर ल्याउने वचन दिईरहेको हुन्छ । कारुणिक कहानी अघि बढछ । त्यस्तो अवस्थापनि मिस्टर योञ्जन ऋतुको सम्झना बनेर आएको हुन्छ । तन, मन र आत्मालाई समुन्द्रको किनारमा उभ्याउछन्। ऋतुको लोग्ने र सौता एकभागमा उभिएर खुच्चिङ हेरि रहेका हुन्छन् । अर्को तर्फ छोराछोरी र आमा रोधनमा हुन्छन् । ऋतु छालमा परिणत हुन्छ । छाल ऋतुमा । आफुले नस्वीकारेको अनुप छाललाई छेक्ने ढाल । आफुले स्वीकार गरेको मिस्टर योञ्जन काल ।

अन्त्यमा, उपन्यास काल्पिनिकतामा भनौ या समर्गतामा सकिन्छ । कोही बाँचेर मर्छन् र कोही मरेर बाँच्छन् । मरेर बाँच्नेलाई हाम्रो समाज अमर भन्छ । बाँचेर मर्नेलाई कायर । अनुप उदारप्रेमको प्राय बनेको हुन्छ । मिस्टर योञ्जन समयको उपमा । ऋतु मौसमको भकारी हुन्छे । ऋतुलाई अनेकन आवश्यकता पर्छन् । पात भरिदिने देखि पालुवा पलाईदिनेसम्मका परिदृश्य देख्न सकिन्छ ।

सम्पादनमा केही त्रुटि नभएका होईनन्। कथामा समावेश भएका पात्रहरूलाई जहाँ भेटिन्छन् त्यहि छोड्नु औपन्यासिक नियम भन्दा बाहिरको कुरा हो । लेखकले आगमी दिनमा अरु उपन्यास लेख्दा यस्ता कुरामा ध्यानदिनु पर्नेछ । ऋतु भोगाईको दर्पर्ण हो । मायाप्रेम, वैदेशिक रोजगारीका क्रममा भोग्नु परेका पिडा, त्यसबाट मुक्त पाउने तारतम्य जानिने हुँदा पाठकले यो उपनयास पढ्दा बेफाईदा छैन् । तथास्तु ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट