Bhuvneshwar Kumar of the Sunrisers Hyderabad celebrates the wicket of Manan Vohra of Kings XI Punjab during match 19 of the Vivo 2017 Indian Premier League between the Sunrisers Hyderabad and the Kings XI Punjab held at the Rajiv Gandhi International Cricket Stadium in Hyderabad, India on the 17th April 2017Photo by Ron Gaunt – Sportzpics – IPL

काठमाडौं, ३१ बैशाख  । साविक विजेता सनराइजर्स हैदरावाद भारतमा जारी आइपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफमा पुगेको छ ।

शनिबार भएको खेलमा गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा पुगेको हो । विजयका लागि १ सय ५५ रनको चुनौती पछ्याएको हैदरावादले १८ ओभर १ बलमा २ विकेट गुमाएर उक्त लक्ष्य पार ग¥यो ।

तेस्रो विकेटका लागि १ सय ३३ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान डेभिड वार्नरले ६९ तथा विजय शंकरले ६३ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

शनिबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ९ रनले हरायो । हारका बाबजुद कोलकाता पनि प्ले अफ्मा पुगेको छ । खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमाा ५ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।

मुम्बईका अम्बाती रायुडुले ६३ रन जोड्दा सौरभ तिवारीले ५२ रनको योगदान दिए ।जवाफमा १ सय ७४ रनको लक्ष्य पछ्याएको कोलकाताले ८ विकेटको क्षतीमा १ सय ६४ रन मात्रै बनाउन सक्यो ।

आईपीएल क्रिकेटमा आज प्लेअफ समीकरण पूरा हुँदैछ । आज पुने र पञ्जाबबीचको विजेता प्लेअफमा पुग्नेछ ।आईपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै दिल्लीले बैंग्लोरसँग खेल्नेछ ।

 

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट