सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्र विजयी, एमालेका डाँगी फराकिलो मतले पराजित

सल्यान, ३ जेठ । सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्रले जीत हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लोकबहादुर डाँगीलाई १ हजार ४ सय ४१ को फराकिलो मतले पराजित गर्दै माओवादी केन्द्रका लोकमान बुढाथोकी नगरपालिकाको प्रमुख बनेका हुन् ।

बुढाथोकीले ५ हजार १ सय २१ मत प्राप्त गरे भने एमालेका लोकबहादुर डाँगीले ३ हजार ६ सय ८० मत पाए । अर्का उम्मेदवार कांग्रेसका गोरखबहादुर खत्रीले ३ हजार ५ सय ६५ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कल्पना पुन मगरले एमालेकी ओकाकुमारी खत्रीलाईर् १ हजार ६ सय २५ मतको फराकिलो अन्तरले पराजित गर्दै जितेकी छन् । उनले ५ हजार २ सय १५ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गरिन् । अर्की उम्मेदवार कांग्रेसकी मेनका चन्दले ३ हजार ४ सय ९६ मत प्राप्त गरिन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...