प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सार्कका महासचिव अम्जद हुसेन बी सियाल भेटवार्ता गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो । रासस

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट