धनराज वास्तविक : काठमाडौं, ५ असार । नायिका नम्रता सापकोटाको अभिनय रहेको ‘किन म आज भोली यति धेर पिउँन थाले’ बोलको आधुनिक गीत बजारमा आएको छ ।

बहुचर्चीत नेपाली चलचित्र ‘छक्का पञ्जा’ले राम्रै बजार लियो । अरु सबै कलाकारले सफलता उक्त चलचित्रबाट पाए तर नायिका सापकोटाले जति पाउँनु पर्ने चर्चा पाईनन् भन्नेहरू पनि भेटिन थालेका छन् ।

उसो त छक्का पञ्जा चलचित्र निमार्ण समुहले ‘छक्का पञ्जा २’को घोषणा गर्दा पनि उनको नाम समावेस भएको छैन् । यसका हिसाबमा पनि भन्ने गरिएको हुनुपर्छ।

पछिल्लो समयको जल्दोबल्दो म्यूजिक कम्पनि सार्थक डिजिटलले बजारमा ल्याएको उक्त गीतमा नायिका सापकोटा लगायत चर्चित अनुहार देख्न पाईन्छ । संगीतकार जीवन पन्तको सुमधुर संगीतमा तयार भएको गीतमा हिमाल सागरको आवाज रहेको छ। उत्कृष्ट शब्द रचना नवीन न्यौपानेले गरेका हुन् ।

सर्जक तथा मोडल नविन न्यौपाने पछिल्लो समयमा कला क्षेत्रमा जमेको नाम हो । नेपाली कला क्षेत्रको विकासमा उनको देन अनुकरणीय रहनेमा दुईमत छैन् ।

यस गीतमा रमाईलो पक्ष अर्को पनि छ, चर्चीत मोडल रञ्जीता गुरुङको पनि अभिनय छ । गुरुङ पछिल्लो समयमा वेदना विछोडका मार्किक गीतमा सफल अभिनय गर्नसक्ने मोडल हुन् ।

 

सर्वाधिक चर्चामा गुरुङ पर्छन् । जीवन पन्तले संगीत भरेको उक्त गीतको छायाङ्कन सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । सफल निर्देशनमा जि।बि आग्री छन् ।

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट