चलचित्र‘रुद्रप्रिया’का तस्बिर सार्वजनिक

काठमाडौं, ९ साउन । छायांकनको बेलादेखि नै चर्चामा रहेको नेपाली चलचित्र ‘रुद्रप्रिया’का फस्ट लुकका केही तस्बीर सार्वजनिक भएका छन् ।
नायिका रेखा थापा, आर्यन सिग्देलको मुख्य अभिनय रहेको उक्त चलचित्रका तस्बिरहरु नायिका थापाले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा सार्वजनिक गरेकी छिन् ।

उनले भनेकि छिन्,‘बिगत डेढ दशकदेखि म दर्शकहरूको मायाले अस्तित्वमा छु । फिल्मलाई नै कर्म र धर्म मानेकी मैले यस वर्षको कार्तिक २ गते तिहारमा मेरो चौथो निर्माण रहेको फिल्म ‘रूद्रप्रिया आउँदैछ । यो फिल्म मेरा लागि विशेष फिल्म हो । पहिलो ‘हिरो’ फिल्म रिलिज हुँदा जति उत्साहित थिएँ, यो फिल्मको लागि म उत्तिकै उत्साहित छु । अझ भन्नुपर्दा त्यो भन्दा केहि बढि ।’

दर्शको मायाले नै कला क्षेत्रमा आफ्नो अस्तित्व रहेको स्वीकार गरेकि नायिका थापाले अघि भनेकि छिन्‘त्यसैले फिल्मको फस्ट लुकका पोस्टर आज रिलिज गरेको छु । यहाँहरूको अमूल्य प्रतिक्रिया सुन्न र पढ्न आतुर छु ।’

फेशबुक स्टाटसको अन्त्यमा भनेकी छिन्,‘फिल्मलाई राम्रो बनाउनका लागि मलाई साथ दिने मेरा निर्देशक सुदिप बबी भूपाल सिंह, मेरा सहकर्मी कलाकार आर्यन सिग्देल, राजन इशान एवं कार्यकारी निर्माता रमेश एम के पौडेल तथा सम्पूर्ण कास्ट र क्रुलाई हार्दिक आभार ।’

सबर्वजनिक तस्बिरमा नायिका थापाको अनुहार आधा छोपिएको छ। यसको मतलव सांकेतिक अर्थ लुकेको प्रस्ट छ । प्राय सन्देश मुलक र सामाजिक यर्थातमा नजिक रहेर चलचित्र निमार्ण गर्ने नायिका थापाको रुद्रप्रिया पनि यसैको निरन्तरता मान्न सकिन्छ ।

 


Loading...
Loading...

धेरैले पढेको

Loading...