काठमाडौं, २९ साउन । अविरल वर्षातको कारण बाडि पहिरोमा परेर अहिलेसम्म करिब ५१ जनाको ज्यान गईसकेको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वार्ड न ९ साबिक लालु १ का मैते सार्किको छोरी सरिता सार्किको खोलाले बगाउदा मृत्यु भएको छ ।

श्रीजन प्रभात उच्च माविमा कक्षा ९ मा अध्ययनरत छात्रा सार्कीको हिजो दिउसो ४ बजे खोलाले बगाए थियो । त्यस्तै उदे सार्किको छोरी मन्जु सार्की गम्भीर घाइते भएकी छन । यता अहिलेसम्म गृहमन्त्रालयले कालिकोटमा मृत्यु भएकी सार्कीको भने नाम समावेस गरेको छैन् ।

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट