साउन २९, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सनाखत आज हुन सकेन । पार्टीलाई मान्यता दिने विषयमा निर्वाचन आयोगले आज प्रयास गरे पनि सुरुमा दर्ता गराउँदाको हस्ताक्षरलाई मान्यता दिन पशुपतिशमशेरले आग्रह गरेपछि रोकिएको हो ।
बाढी पहिरोका बेला सबै मान्छे काठमाण्डौ भेला हुन नसकेकाले पुरानै हस्ताक्षरका आधारमा सनाखत गर्न निर्वाचन आयोगलाई आग्रह गरेको प्रजातान्त्रिकका नेता ध्रुवबहादुर प्रधानले बताए ।
अब आफूहरु बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने टुङ्गो लगाउने नेता प्रधानले जानकारी दिए ।
यता निर्वाचन आयोगले भने दललाई वैधानिकता दिने वा नदिने भन्नेमा बैठक बसैर टुङ्गो लगाउने तयारीमा छ ।

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट