काठमाडौँ, ३० साउन ।  नेपालगञ्ज – अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ ।

तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

पाइलट अध्ययन गर्न ३० बर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । अस्ट्रेलियाबाट अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् ।

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट