जितपुर कपिलवस्तु, १८ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ ।

साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् ।

घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी उनकी श्रीमती सुबास्ना अर्कोदिन अकस्मात् श्रीमान्को निधन भएको खबरले अचेत छिन् । धन कमाउन भनी विदेश गएका छोराको मृत्युको खबर सुनेपछि यतिबेला परिवार शोकमा डुबेको छ ।

काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाई त्यहाँ इलेक्ट्रिक कम्पनीमा काम गर्दै आएका थिए । आठ वर्षअघि प्रेम विवाह गरेका उनका चार वर्षका छोरा र दुई वर्षकी छोरी छन् । रासस

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट