बिबिसी, २२ भदौ । गौरी लंकेशको बंगलुरु शहरमा भएको हत्याको भारतभर निन्दा गरिएको छ। आज हामी के का लागि लड्नेरुू एक जना नाम चलेका आफ्ना पत्रकार साथीलाई बिहानै टेलिफोन गर्ने क्रममा गौरी लंकेशले सधैँ सोध्थिन। तिमीलाई के चित्त बुझिरहेको छैन् ।

उचो लवजमा सासै नफेरी बोल्ने लंकेशले आफ्ना सम्पादक साथीलाई उनका मन छुने मुद्दाहरुमा उनको पत्रिकाले किन निर्भिकतापूर्वक सम्पादकीय अडान नलिएको भनेर प्रायस् सोध्ने गर्थिन्। यदि तिमीहरु जस्ता ठूला व्यक्तिले प्रष्ट अडान लिन सक्दैनौँ भने हामीले कसरी अडान लिन सकौँला ?

आफू बस्ने बंगलुरु शहरमा लंकेशले एउटा चर्चित साप्ताहिक ट्याबलोइड सम्पादन गर्ने गर्थिन्। उनका पिताबाट लंकेशलाई हस्तान्तरण गरिएको उक्त पत्रिका स्थानीय कन्नड भाषामा छापिन्थ्यो।

ग्राहक शुल्कबाट सम्पूर्ण रुपमा चलिरहेको उक्त पत्रिकाले विज्ञापन अस्वीकार गर्थ्यो र गौरी लंकेश पत्रीके नामक उक्त ट्याबलोइड आक्रामक बाम विचारधाराका कारण चर्चित रहेको थियो।

स्पष्ट

लंकेश दक्षिणपन्थी हिन्दुवादी संगठनहरुको कटु आलोचक रहेकी थिइन्। उनले धार्मिक र बहुमतीय राजनीतिले भारतलाई टुक्रयाउने विश्वास गर्थिन्। दक्षिणपन्थी हिन्दुवादी संगठनको धम्कीपछि एक जना भारतका अग्रणी विद्वान तथा तर्कवादी चिन्तक एमएम कालबुर्गीलाई दुई वर्षअघि बंगलुरुमा हत्या गरिएपछि उनले भनेकी थिइन्, मलाई जे सुकै होस मलाई मतलब छैन्, उनीहरुले मलाई वेश्या सम्म भने तर म यो देशका लागि एकदमै चिन्तित छु, यीनिहरुले देशलाई टुक्र्याउँदैछन्।

उनी अरु विषयहरुमा पनि स्पष्ट थिइन्। लंकेश खुला रुपमा माओवादीहरु प्रति सहानुभूति राख्ने गर्थिन् र उनीहरुलाई मूलधारमा ल्याउन उनले निक्कै संघर्ष पनि गरिन्। अछुत भनेर टिप्पणी गरिने दलितहरुलाई अधिकार दिलाउन उनले निक्कै पैरवी पनि गरिन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी प्रतिको आफ्नो अरुची उनले स्पष्ट नै राखेकी थिइन्। फेसबुकमा राखिएका उनका सन्देशहरुले बेला बेलामा प्रधानमन्त्री मोदीलाई ब्यग्यं समेत गर्ने गर्थे। एउटा पछिल्लो सन्देशमा उनले मोदीबारेको भ्रम सफलतापूर्वक चिर्न सफल भएको भन्दै भारतका हास्य कलाकारहरुको प्रशंसा गरेकी थिइन्। उनले तीनिहरु प्रति आफ्नो समर्थन जनाउँदै लेखेकी छन्, हामीहरु सबै तिमीहरुको साथमा छौँ र हाम्रो धर्म निरपेक्ष भारत एक दिन हामी फिर्ता ल्याउनेछौँ।

तटस्थतालाई वेवास्ता गर्दै लंकेशको अखबारले प्राय तिखो र जुरुक्क पार्ने खालका धारणाहरुलाई स्थान दिने गर्थ्यो। कहिलेकाँही तथ्यलाई समेत उनका समाचारहरुले यथोचित स्थान दिदैँनथ्यो र त्यसले उनका धेरै साथीहरुलाई अप्ठेरोमा समेत पार्ने गर्थ्यो।

तर निष्पक्ष भएर भन्दा लंकेशले कहिले पनि आफ्ना चाहनाहरुलाई लुकाइनन्। उनले आफ्नो ट्विटर प्रोफाइलमा आफूलाई पत्रकार अभियानकर्ताका रुपमा चिनाएकी थिइन्।

भारतमा पत्रकार हत्याको निन्दा

आश्चर्य नै भएन, उनको पत्रिकाविरुद्ध कैयौँ मानहानीका मुद्दाहरु परिरहन्थे। अघिल्लो वर्ष भारतीय जनता पार्टीका स्थानीय नेताबारे छापिएको समाचारका लागि मानहानीमा उनलाई दोषी ठहर गरियो।

त्यसपछि भारतीय जनता पार्टीका सूचना तथा प्रविधि विभागका प्रमुखले एउटा सन्देश ट्विटरमा लेख्दै अरु पत्रकारहरुले पनि उक्त विषयलाई जानकारीमा लिनुपर्नेु धारणा राखे जसले चर्को विवाद समेत निम्त्यायो। तर लंकेश कहिल्यै झुकिनन्। पत्रिकाको खस्कँदो ग्राहक संख्या तथा आम्दानीका माझ समेत उनको ट्याबलोइड आफ्ना शक्तिशाली दुश्मनहरुसँग भिडिनै रह्यो।

नझुक्ने

आफ्नो पत्रिका बाहेक लंकेशले सम्भवत उनका पिता पी। लंकेशबाट कर्नाटकको बहुआयामिक संस्कृति पनि उपहारमा पाएकी थिइन्। पी लंकेशले एउटा जीवन्त र उच्च ग्राहकदर भएको पत्रिकामात्रै स्थापना गरेनन् उनले पुरस्कार जित्ने उपन्यासहरु लेखे, चलचित्र बनाए र ती सबैमा चलयमान एवं बहुसांस्कृतिक रंग समेत दिए। उनी पनि एक जना निर्भिक अभियानकर्ता थिए।

तीन सन्तानमध्ये एक लंकेशले निक्कै पहिला नै पत्रकारिता गर्ने निधो गरेकी थिइन्। उनले दिल्लीमा पत्रकारिता विषयको अध्ययन गरिन्। उनका कक्षाकोठाका सहपाठीहरु उनको ुकडा, नझुक्ने र क्रान्तीकारीु स्वभावको सम्झना गर्छन्। उनले अग्रणी दैनिक पत्रिकामा काम गरिन्, अहिले बन्द भएको एउटा म्यागेजीनका लागि लेखिन् र एउटा नयाँ अंग्रेजी न्युज च्यानलमा पनि आवद्ध भइन्।

लंकेशले अघिल्लो साल विद्यार्थी नेता कन्हैया कुमारलाई धर्म सन्तानको रुपमा ग्रहण गरेकी थिइन्।
सन् २००० मा आफ्ना पिताको निधन भएपछि सुरुमा उनले उनको २० वर्ष पुरानो पत्रिका सम्हाल्न अनिच्छा व्यक्त गरिन्। कन्नड उनको एकदमै दख्खल भएको क्षेत्र नभएको उनका साथीहरु सम्झन्छन्।

तर जब उनले उक्त पत्रिका सम्हालीन उनले त्यसलाई पूर्ण राजनीतिक अखबार बनाइन र कट्टर राजनीतिक अडानहरु लिन थलिन्।

उनका साथीहरुले लंकेशलाई बेला बेला एक जना आक्रामक तथा मायालु व्यक्तित्वका रुपमा पाउने गर्थे। उनले दुई जना विद्यार्थी नेताहरुलाई धर्म सन्तानका रुपमा ग्रहण गरिन् जसमध्ये एक जना अछुत दलित परिवारबाट थिए।
उनले तीनिहरुलाई आफ्ना घरमा बोलाउँथिन्। जब उनीहरुलाई टि सर्टहरु उपहार दिने इच्छा उनलाई लाग्थ्यो, उनले आफ्ना पुरुष साथीहरुलाई टेलिफोन गर्थिन् र सोध्थिन्, ूउनीहरुलाई कुन रंग मन पर्ला, तिमीलाई के लाग्छ?

हालैका महिनामा लंकेशले प्रेस स्वतन्त्रतामाथि निरन्तर भइरहेका प्रहार, स्थानीय राजनीति र भारतको प्रविधि राजधानी मानिने उनको शहर कसरी महिलाहरुका लागि असुरक्षित बनिरहेको छ भन्नेबारे कलम चलाएकी थिइन्। उनले बढ्दो घरेलु हिंसाका कारण आफूलाई पीडा भइरहेको मात्र लेखिनन्, दाइजो नल्याएको निहुँमा भएका हत्या, महिलामाथि भएका एसिड हमलाले कुनै बेला अवकाशप्राप्त व्यक्तिहरुका लागि स्वर्ग भनिने बंगलुरु शहरलाई गिज्याइरहेको उल्लेख गरिन्।

गएको ज्यानवरी महिनामा उनले लेखेकी थिइन्, बंगलुरुका महिलाले पहिले जस्तै गरी बाँच्न पाउन आफ्नो अधिकार फिर्ता लिन के गर्नसक्छन्रुू सोमबार राति बंगलुरु शहरको बाहिरपट्टि रहेको उनको घर बाहिर लंकेशलाई गोली हान्ने मोटरसाइकलमा आएको बन्दुकधारीले सम्भवतस् उनका कामकै कारण उनको हत्या गरेको हो।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट