काठमाडौं, २६ भदौ । जब म आमाको कोखबाट यस पवित्र धर्तीमा पाइला टेके । त्यसपछि म यो समाजको हत्कडीमा बाँधिए । सयम बित्दै गयो । मेरो जीवनको आरोह अवरोह पार गर्दै हुर्किदै गए, तत्पश्चात पहिलो शिक्षा मेरी आमाले दिनु भयो ।

पहिलो कुरा त जब मानिस आफ्नो गर्भबाट जन्मन्छ जन्म पछि त्यो कुन देशमा जन्मिन्छ, त्यो कुन देशको हुन्छ, त्यो देशमा कुन भाषा बोलिन्छ र त्यो बालकको आमाले कुन भाषा बोल्नु हुन्छ । त्यसैको आधारमा त्यो सानो बालकले आफ्नो आमाको भाषा सिकेको हुन्छ त्यो नै उसको जीवनको पहिलो शिक्षा रहेको हुन्छ ।

जीवनमा अनेक प्रकारका आवश्यकताहरू महसुस हुन थाले । बाल्यकालमा मेरो जीवनले भोग्नु पर्ने भोगाई, मोल्नुपर्ने चुनौती मेरो सामुन्नेमा आएर टक्क उभिए ।

सबैको जन्मदिने बुबा–आमाको एउटै सपना हुन्छ, आफ्नो सन्तानले राम्रोसँग पढेर राम्रो जागिर खाओस्, असल मानिस बनोस्, उच्च शिक्षा हासिल गरोस् भन्ने हुन्छ तर बुबा–आमाले चाहे अनुसारको सन्तानले कर्म कहाँ गर्न सक्छन् र ? सबै मानिस सफल बन्न सक्दैनन् । सबै मानिस असल बन्ने कोसिस पनि गर्दैनन् । यस कारण पनि असल शिक्षा लिन अत्यन्तै जरुरी छ ।

मेरो बाल्यकालको शिक्षा सल्यानको दमाचौरस्थित श्री भानुभक्त माध्यामिक विद्यालयमा प्राथमिक शिक्षा हुँदै माध्यमिक शिक्षाको ढोकासम्म पुग्ने क्रममा समय पल्टियो । बिड्म्बना मुलुकले जनयुद्ध नामको आन्दोलन सामना गर्नुपर्यो । तात्कालीन समयमा राज्यको तर्फबाट युद्ध प्रभावित क्षेत्रमा संकटकाल घोषणा भयो ।

त्यसपछि म जस्ता हजारौँ विद्यार्थीहरू युद्धको मार खेप्न विवश हुनुप¥यो । दुःखका साथ, विडम्बनाका साथ भन्नुपर्छ, मैले आफ्नो अध्ययनलाई बिच बाटोमै छोड्नु प¥यो । २०५८ सालमा एस.एल.सी.परीक्षा दिनको लागि सल्यान जिल्लाको सदरमुकाम खलंगा जानुपर्ने हुन्थ्यो ।

जनयुद्धको आधार इलाका घोषणा गरिएको स्थानको भएरै पनि राज्यको आँखामा हामी जो सुकै भए पनि माओवादी ठहरिएका थियौ । फलस्वरुप हामीले एस.एल.सी परीक्षामा सहभागी भएर बुबाआमाको सुन्दर सपना साकार पार्ने मौका जीवनमा गुमाएको पल स्मृतिमा ताजै छ ।

आज आएर यस्तो लाग्दै छ । समयको दोस् भनौ या स्वयम मेरो कम्जोरी भनौ, आफैले आफैलाई आज आएर मन पश्चातापले दन्की रहेको भान हुन्छ । अर्को मनमा भावी पुस्ता र सन्ततीहरुको लागि सुझाव बाहेक अरू कुनै शब्द यो मानस पटलमा छैन ।

आज मैले गरिरहेको पश्चाताप भावी पुस्ताका विद्यार्थीले भोग्न नपरोस् भन्ने हेतुले नै आज यो स्तम्भ कोरेको छु । आज कता कता मैले देख्दैछु, बुबाआमाले पसिना बगाएर, कठिन दुःखको सामना गरेर, सन्तानलाई विद्यालय पठाइरहेका छन् । अर्कोतर्फ समय हिजो र आजमा धेरै परिवर्तन छ । मुलुक शान्ति, लोकतन्त्र र गणतन्त्रमा गैसकेको छ ।

राज्यले शिक्षामा ठुलो लगानी गरेको छ । अविभावकको कठिन मेहनत छ । तर विद्यार्थीको कर्तव्य कता कता कम्जोर हो कि भन्ने अनुभूति भइरहेको छ । समय छदा गर्नुपर्ने काम, लिनुपर्ने शिक्षा सही तरिकाले लिईएन भने त्यसको फल आज मैले भोगिरहेको पिडा, पश्चाताव र आत्मग्लानी आजका विद्यार्थीले पनि लिनुपर्ने छ ।

म चाहन्छु मेरो जस्तै जीवनको जस्तो चुनौती आजका दिनमा नभएका कारण यस्तो पश्चाताव आजका विद्यार्थीले भोलि गएर भोग्न नपरोस्।शिक्षा जीवनको अत्यन्तै महत्त्वपूर्ण ज्योति हो । जस्तो सुकै हावाहुरी र बतासमा पनि निभ्न दिनुहुँदैन । जीवनको सार्थकता शिक्षामै छ । जीवनलाई अर्थपूर्ण बनाउने पनि यही शिक्षा नै हो ।

दुनियाँमा राम्रो शिक्षा हासिल गरेका मानिस राम्रै काममा रहेको मैले पाएको छु । जस्तै संसारका चर्चित वैज्ञानिकहरू, दार्शनिकहरु, राजनीतिक व्यक्तिहरू पनि यही शिक्षाकै कारण सफल व्यक्ति हुनुभएको मेरो बुझाई रहेको छ ।

यही शिक्षाकै कारणले आज विश्व २१ औ शताब्दीमा आईपुग्दा विश्वले अनेक रफ्तार सिर्जना गरेको छ । मानव समाजले विश्वलाई एक आपसमा चिनारी गराउन र अत्याधुनिक युगका रूपमा विकास गर्नमा सफल भएको जगजाहेर नै छ । यो सब शिक्षा र लगनशिलताको परिणाम हो, मैले बुझेको शिक्षा पनि यही हो ।

 

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट