असोज ७, काठमाडौं । विनाशकारी भूकम्प गएको २९ महिना पुग्न ५ दिन मात्र बाँकी छ । तर भूकम्पले घरबार गुमाएको पीडा अझै ताजा छ । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट