काठमाडौं, १० असोज । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दशैंपछि पार्टीलाई कांग्रेसमा विलय गराउनेगरि आन्तरिक तयारी थालेका छन् ।

अध्यक्ष गच्छदारले यस्तो तयारी गरेको भन्दै पार्टीका अन्य प्रभावशाली नेताहरु भने विभाजित बनेका छन् । अहिलेका पर्यटनमन्त्री समेत रहेका नेता जितेन्द्र देव भने पार्टी कांग्रेससँग मर्ज गर्ने भए आफू माओवादी केन्द्रमा जाने तयारीमा छन् ।

देव निकट उच्च स्रोतका अनुसार उनले यसको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी अघि बढाएका छन् । यो वीचमा उनी धेरै पटक प्रचण्डसँग आन्तरिक छलफलमा बसेका छन् ।

त्यस्तै यता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनले पनि यही दशैं र तिहार लगत्तै एमालेमा प्रवेश गर्नेगरि छलफलाई अघि बढाएको बुझिएको छ।

संविधान संशोधनको विषयदेखि नै उनी एमालेको कित्तामा उभिएका थिए । त्यसैले उनको यो तयारीलाई नकार्न भने सकिँदैन् ।

 

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट