प्रचण्ड–ओली तालमेलमा किन बेखुशी भए माओवादी नेताहरु ?

१८ असोज, काठमाण्डौ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ती नेपालबिच भएको चुनावी तालमेल र पार्टी एकता प्रक्रियाप्रति तिनै दलभित्र असन्तुष्टी देखिएको छ । माओवादी केन्द्रका केही माथिल्लो तहका नेताहरुले त एकता प्रक्रियाको निर्णयमा नोट अफ डिसेन्ट जनाइसकेका छन् । सरकार र चुनावी तालमेल गर्न सकिने भएपनि पार्टी एकताका लागि अहिले उपयुक्त समय नभएको भन्दै माओवादी केन्द्रका चार जना सचिवालय सदस्यले असहमति जनाएका हुन् ।
एमालेसँग चुनावी कार्य एकता गर्दै पार्टी एकीकरण सम्म जाने माओवादी केन्द्रको निर्णयमा मणि थापा, प्रभू साह, गोपाल कितारी र मात्रिका यादवले असहमती जनाएका हुन् ।
नेता गोपाल किराँतीले त यो एकता प्रक्रिया एमालेमा माओवादीको विलय हो भन्दै विद्रोहको संकेत गरेका छन् । उनले माओवादी केन्द्र र एमालेबीच एकता गर्ने र एमालेको घाम चिन्हमा चुनाव लड्नुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव नेपालको आन्तरिक राष्ट्रियता (पहिचान) विरोधी र मारक्सवाद, लेनिनवाद र माओवाद विरोधी रहेको तर्क गरेका छन् । उनले यो कथित एकता वस्तुतः एमालेमा माओवादीको विलय हो भनेका छन् ।
साथै एमालेसँग एकता गर्न लागिपरेका माओवादी नेताहरुलाई दक्षिणपन्थी आत्मसमर्पणवादको संज्ञा दिँदै त्यसविरुद्ध क्रान्तिकारीहरु एकजुट हुन आह्वान गरेका छन् । यसबाट उनले पार्टी एकता भए आफू एमालेमा नजाने र माओवादी फुटाएर एकताबाट असन्तुष्ट नेता कार्यकर्ताको नेतृत्व गर्दै अघि बढ्ने संकेत गरेका छन् । किराँतीको विद्रोहलाई अधिकांश कार्यकर्ताले समर्थन गरेका छन् ।
एकता प्रक्रियाको सुरुवाती घोषणा कार्यक्रममा माओवादी नेताहरु वर्षमान पुन र दिनानाथ शर्माको अनुपस्थितीले पनि असन्तुष्टी झल्किएको छ । त्यस्तै चक्रपाणी खनाल र कृष्णबहादुर महरासमेत सन्तुष्ट नभएको आशंका गरिएको छ ।
एमालेभित्र पनि केही नेताहरु असन्तुष्टी भएको बताइएको छ । यद्यपी एमाले र नयाँ शक्तिबाट भने खुला रुपमा असन्तुष्टीको आवाज सार्वजनिक भएको छैन ।


Loading...

सम्बन्धित शीर्षकहरु

Loading...

धेरैले पढेको

Loading...