गोपाल किराँती, नेता, नेकपा माओवादी केन्द्र

नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकीकरणकै प्रक्रियामा प्रवेश गरेपछि प्रशंसा र आलोचना दुवै भइरहेको छ । कतिपयले कम्युनिष्ट शक्तिहरु एक ठाउँमा उभिदा देशका लागि फाइदा हुन्छ भनेका छन् भने कतिपयले सत्तामा पुग्नका लागि मात्रै गरिएको मिलन भनेका छन् । नेकपा माओभित्रका केही नेताहरुले चाँही आफ्नो पार्टीलाई एमालेमा विलय गराएको भन्दै तिब्र असन्तुष्टी जनाएका छन् । असन्तुष्टी जनाउन एक नेता हुन्, गोपाल किँराती । उनै किरातीँसँग ऋषि धमलाले टेलिभिजन कार्यक्रम धमलाको हमलाका लागि अन्तरवार्ता लिएका छन् । उक्त अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको प्रचण्डसँगको असन्तुष्टी किन र केका लागि ?
माओवाद र पहिचानको मुद्दालाई धरापमा पारिएको छ । संयोजन समितिको ६ बुँदे घोषणापत्रमा पार्टीको हित विपरितका विषय समावेश गरिएको छ । असोज १६ गतेको पार्टी बैठकमा प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावले नै नेकपा माओवादीलाई एमालेमा विलय गरिएको हो । एकता होइन ।

उसोभए नेपाली राजनीतिमा माओवादीको अस्तित्व समाप्त भएको हो ?
८ सदस्यीय संयोजन समिति बनाइएको छ । उम्मेदवा छनोट पनि त्यसैले गर्ने हो । त्यसको मातहतमा दुई केन्द्रिय समितिहरु क्रियाशिल रहने । भनेपछि त वास्तविक पार्टी त त्यो भयो ।

तपाईको पार्टी किन एमालेमा विलय भयो ?
यो आश्चर्यको विषय भयो । मैले १६ गते पनि प्रश्न गरेँ । त्यसपछि २० गतेसम्म म भोजपुरमा थिए । २१ गते १ घण्टा कुरा गरेँ । छलफल जारी नै छ । तर प्रचण्डसँग मेरो कुरा मिलेको छैन ।

माओवादी पार्टीभित्र पदको लोभ बढ्दै गएको हो ?
मैले पार्टी बैठकमा भनेको थिएँ, एकजना नेता कतिपटक मन्त्री बन्ने ? यस विषयमा नीति तयार हुनुप¥यो । म दुई पटक मन्त्री भइसकेँ । अब गोपाल किँराती कहिल्यै पनि मन्त्री हुनेछैन । युवा र नयाँलाई ठाउँ दिनुपर्छ । तर मन्त्री र प्रधानमन्त्री पद एउटै होइन । मन्त्री भएको मान्छेले प्रधानमन्त्री खोज्नुपर्छ ।

तपाईंलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ नि ?
एमालेसँगको एकतापछि मुख्यमन्त्री त के, उम्मेदवार पनि बन्दिन । प्रचण्डले माओवाद र पहिचानको मुद्दा स्विकार गरे भने चाँही सम्भव छ ।

तपाई माओवादी पार्टी छोड्दै हुनुहुन्छ ?
म होइन । उहाँहरु छोड्दै हुनुहुन्छ । माओवाद र पहिचानको मुद्दा जसले छोड्छ उसैले माओवादी छोड्छ । म त जोगाउन खोज्दैछु ।

एकताको प्रस्ताव प्रचण्डले नै गर्नुभएको रैछ ।
प्रचण्ड गणतन्त्र नेपालको ठूलो नेता हुनुहुन्छ । तर भगवान त होइन । कसले पहिला प्रस्ताव ग¥यो, कसले समर्थन ग¥यो, कसले अनुमोदन ग¥यो ? हामीलाई के सरोकार ? हामी कम्युनिष्टहरु त भौतिक तत्व वा वस्तुमा जे आउँछ त्यसलाई मान्छाँै ।

प्रचण्डले सम्झौता भइसकेको भन्दै अब ब्याक नहुने कुरा गर्नुभएको छ । तपाई के गर्नुहुन्छ ?
मैले एक घण्टा छलफल गर्दा कवि लेखनाथ पौडेलको कविता शब्द थुपारी के हुन्छ ? भाव भए पो । बाट सुरु गरेको थियो यो कवितालाई अलिकति मोडेर भनेँ, एमालेसँग एकता गरी हुन्छ के विचार भए पो ? एमालेसँग क्रान्तिकारी विचार छैन । दक्षिणपन्थी केके भन्ने विचार त छ । पहिचान विरोधी, मधेशलाई भाँड्ने जस्ता विचार त छ, खुरापाती विचार । तर क्रान्तिकारी विचार छैन ।
अर्को गित पनि मैले प्रचण्डलाई भनेँ, हाम्री आमा साह्रै नै बाठी छन् । थाङ्नामा सुताउने गम्भीर खतरा छ । सुत्न किन तयार हुनुहुन्छ ?

पार्टी अध्यक्ष प्रचण्ड थाङ्नामा सुत्न तयार भइसकेपछि अब तपाईंहरुले के गर्ने ?
विचार मात्रै खाएर अघाइन्छ भन्ने साथीहरुको भनाई छ । भौतिक रुपमा त अघाउनलाई भात नै खानुपर्छ । म त वैचारिक कार्यकर्ता भएकाले एक सेकेण्ड पनि विचार र मुद्दा विना बाँच्न सक्दिन । माओवाद र पहिचानको मुद्दालाई एमालेले स्विकार गर्छ भने खड्ग ओलीलाई अध्यक्ष मान्न मेरो समस्या छैन । तर ति मुद्दा छोडिन्छ भने त म प्रचण्डलाई किन अध्यक्ष मान्ने ? म त पार्टी पुर्नगठन गर्छु । तर अझै पनि म आशावादी नै भएर छलफलमा छु ।

पार्टी पुर्नगठन गर्दा तपाईंसँग कतिजना हुन्छन् ?
जना छोड्दिऊँ । केन्द्रिय कार्यालय हिजो अस्तीसम्म थियो । केन्द्रिय सचिवालय अहिले विरगंजबाट बनाइएको छ । त्यसमा म एकजना छु । संगठन बनाउन खोज्यो भने त धेरै हुन्छन् । तल्लो स्तरका धेरै कार्यकर्ताहरु चिन्तित छन् । समर्थक पनि छन् । माओवादीको पुर्नगठन समिति बनाउनुप¥यो भने एक वर्षभित्र विप्लभकोभन्दा ठूलो पार्टी बनाइन्छ ।

हाम्रो देशमा कम्युनिष्ट पार्टीकै औचित्य छैन भनेर धेरै मान्छेले भन्न थाले ?
गोपाल किँरातीले त्यसो भन्दैन । जबसम्म यहाँको वर्गीय, जातीय, क्षेत्रीय र लैङिगक उत्पिडनको अन्त्य हुँदैन, तबसम्म वर्गसंघर्ष जरुरी हुन्छ । त्यसका लागि कम्युनिष्टको खाँचो छ । प्रचण्ड र बाबुरामलाई नचाहिए पनि मलाई चाहिन्छ । म यसैको बाँचेको हुँ ।

प्रचण्ड र बाबुरामले त पार्टी चलाउन सक्नुभएन । अब तपाईले पुर्नगठन गरेर कसरी चलाउनुहुन्छ ?
मलाई के लाग्छ भने कसैले पत्याइदिएनन्, त्यस्तो पनि हुन सक्छ । किनभने पुर्नगठनमा लाग्ने मँसग मन्त्री, सासंद, सुविधा, गाडी, घर नियुक्ति केही पनि हुन्न । मेरो जीवनशैली भनेको भुँइमा हिँड्ने हो । माओवादीका धेरै साथीहरु भुईँमा हिँड्दैनन् । त्यसमा पनि मेरो आपत्ति छैन । तर जो साथीहरु आकर्षित हुनुहुन्छ, उहाँहरुलाई मैले ५,७ वर्ष चाँही विचार मात्रै हुन्छ है भनेको छु । ५,७ वर्ष किन भनेको भने, एमालेभित्रको लोभीपापीको फुट्न लागेको घ्याम्पा, माओवादीभित्रको सुविधाभोगीको घ्याम्पा एकै ठाउँमा भरिएपछि ढिलोमा ५,७ वर्षपछि विष्फोट हुन्छ । माओवादी आन्दोलनमा म पुष्पलालको भूमिका खेल्छु ।

तपाईंले भनेजस्तो कम्युनिष्ट आन्दोलन वा क्रान्तीमा तपाईंले हतियार पनि उठाउनुहुन्छ ?
सर्वहारा वर्गले गर्ने समाजवादी क्रान्तिमा त हतियार उठ्छ । बल प्रयोगको सिद्धान्त मन्ने भएपछि हतियार उठाउने नै हुन्छ । माओवाद र पहिचानको मुद्दा छोडेर एमालेसँग एकता गरियो भने हतियार उठाउने सिद्धान्त सुरक्षित हुन्छ ।

नेत्रविक्रम चन्दसँग तपाईको कुरा मिल्छ ?
मिल्दैन । उहाँ पहिचान विरोधी हुनुहुन्छ । यदी नेत्रविक्रम चन्द पहिचान पक्षधर भइदिएको भए म समर्थन गरिसक्थेँ ।

धमलाको हमलामा ऋषि धमला र माओवादी नेता गोपाल किँरातीबिचको कुराकानी :

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट