भीमदत्तनगर, २५ असोज : प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । (रासस)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट