काठमाडौं, ३ कार्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुँदैछ । त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले यही कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।

नेपाली काँग्रेसले आज उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस नेता एवम पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आज सबै उम्मेद्धवारको नाम टुँगो लगाएको जानकारी दिए । उनका अनुसार काँग्रेस केन्द्रीय संसदीय समितिको आजको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाएको हो ।

काँग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाई सार्वजनिकसमेत गरिसकेको छ । भोलि कात्तिक ४ गते भाइटीका भएकाले अन्य दलहरुले पनि आजै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् ।

मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल नेकपा (एमाले)को नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस शुरु भएको छ । यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट