काठमाडौं, कात्तिक ४ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखी जनताले चाहेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको भन्दै मुख खोलेका छन् ।

भाइटीकाको दिन शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका लगाउन कमलादी पुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको कुराकानी गर्दै यस्तो बताएका हुन् ।

शाहले आफ्नो धारणाप्रति दलहरुले आपत्ति जनाउने हुन् कि भन्ने आशंका प्रकट गर्दै सक्कली र नक्कली फूलबीचको फरककाबारेमा जनताको ध्यानाकर्षण गराए । उनले बिहान १० बजेर ४५ मिनेटको साइतमा बैनी शोभाबाट भाइटीका ग्रहण गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट