ओसान, दक्षिण कोरिया, २१ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ सोमबार जापानमा हुनुहुन्थ्यो ।

एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

फ्रान्सेली समाचार समिति, एएफपीकाअनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुग्नुभएको छ । दक्षिण कोरिया उहाँको दुई दिने भ्रमण हो ।

उहाँको एयर फोर्स बिमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो ।

सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न सो विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ ।(रासस/एएफपी)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट