इनरुवा, २७ कात्तिक : नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताउएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा आइतबारदेखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

उनले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरतातर्फ चाँडै अगाडि बढाउने बताए । सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वा्चित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
(रासस)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट