पोखरा, २७ कात्तिक  : क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ ।

मतदाता शिक्षा तालीम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।

स्वयंसेवकहरुले आपूm खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने तरिकाबारे सिकाउने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुले निर्वाचन आयोगबाट प्राप्त नमूना मतपत्र, पोस्टर र पम्प्लेटजस्ता सामग्री पनि लिएर गएको बताइएको छ । (रासस)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट