काठमाडौं, २८ कात्तिक । चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ ।

गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो । यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो ।

युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफ्मा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट