कालिकोट, १ मंसिर । जिल्लाको पताला गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आर्थिक हिनामिना गरेको बहुमत जनप्रतिनीधिहरुले आरोप लगाएका छन् ।

जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरेर गाउँपालिका उपाध्यक्ष, ६ जना वडा अध्यक्ष लगाएतका ३२ जना गाउँसभाका सदस्यहरुले अध्यक्ष बमले स्थानिय तहको बजेट लगाएतका क्षेत्रमा हिनामिना गरेको आरोप लगाएका हुन ।

९ वटा वडापालिका रहेका पलाता गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत ६ वटा वडा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका थिए ।  स्थानिय तह गठन भएको ६ महिना बितिसक्दा पनि वडा तथा गाउँपालिका ब्यवस्थापनमा आएको १ करोड रुपैयाँ खर्च भएको अध्यक्षले जानकारी गराए पछि आर्थिक हिनामिना भएको कुरा बाहिर आएको हो ।

उपभोक्ता समिति सामान खरिद गर्नुपर्ने गाउँपालिका अध्यक्षले आफैँ सामान खरिद गर्ने गरेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् ।

उनले भनिन्,‘गाउँमा आएको विकासे बजेट कहाँ कति खर्च भयो अत्तोपत्तो नै भएन । हामी जनप्रतिनीधिको आवाज कसलाई सुनाऔं ।’ गाउँपालिका अध्यक्ष लक्ष्मण बमले गाउँ गाउँमा रहेको नीजि मेडिकल बन्द गर्न लगाएर आफ्नै आमाबुवा र छोराको नाममा निजि अस्पताल खोल्न लगाएर गाउँपालिकाको विकास अनुदानको बजेट त्यसैमा हालिएको गाउँपालिका प्रवत्ता मानबहादुर भण्डारीले बताए ।

अध्यक्ष बमले गाउँपालिकामा रहेको १० वटा मेडिकल र ३ वटा स्वास्थ्य चौकी बन्द गरेर आफ्नो श्रीमतीका नाममा एएनबि हस्पिटल खोलेको प्रवत्ता भण्डारीले बताए ।

गाउँपालिका अध्यक्ष बमले गाउँपालिकामा मदिरा निषेध गरेर आफ्नै भतिजाको नाममा अर्डर सप्लायर्स मार्फत गाउँमा मदिरा बिक्रि बितरण गर्न थालेको गाउँपालिका जनप्रतिनीधिहरुले आरोप लगाएका छन् ।

गाउँसभाबाट मदिरा निषेधको कार्यक्रम पास भएको यो हुनु राम्रो होला भन्ने लागेको तर, अध्यक्षले यसरी आफ्नो फाइदा लिनु होला भन्ने नलागेको वडा नं. ४ का वडा अध्यक्ष ऐनबहादुर महताराले बताए ।

गाउँपालिका र वडापालिका कार्यालय स्थापना र ब्यवस्थापनमा आएको १ करोड रुपैयाँ पनि बाटोमै  हराएको जनप्रतिनीधिहरुले आरोप बताएका छन् ।

विकासे योजनाका उपभोक्ता समितिले सामान खरिद गर्न नपाउने र उपभोक्ता समितिले सामान खरिदको चेक गाउँपालिका अध्यक्षलाई बुझाउनु पर्ने जनप्रतिनीधिहरुले अध्यक्षलाई आरोप लगाएका छन् ।

गाउँपालिका भित्रका कुनै पनि उपभोक्ता समितिले आफै सामान खरिद गर्न पाउदैनन बैंकको नगदी चेक गाउँपालिका अध्यक्षलाई बुझाउनु पर्ने वडा नं. ६ का वडा अध्यक्ष रुपबहादुर रोकायाले बताए पत्रकार सम्मेलनमा बताए ।

अध्यक्ष लक्षमण बमले सुचना हरेक सुचना लुकाएको र अध्यक्ष जितिसकेपछि हिटलर, जंग भन्दा बढी तानाशाही काम एक्लौटि गर्न खोजेको वडा अध्यक्ष बिरि बिकले बताईन ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट