काठमाण्डौ क्षेत्र नम्बर ७ मा लोकतान्त्रिक गठबन्धन बलियो बन्दै, आफ्नै फिल्म हलको संरक्षणले रामवीर पछाडि पर्दै

१२ मंसिर, काठमाण्डौ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
राजधानी काठमाण्डौमा चुनावी कार्यक्रम अन्य जिल्लामाभन्दा बढि नै भइरहेको छ । उम्मेदवारहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि मिहिनेत गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेका छन् । अन्य क्षेत्रको तुलनामा काठमाडौं–७ मा भने निर्वाचनको माहोल फरक र रोचक देखिएको छ ।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका केन्द्रीय सदस्य एबं महिला बालबालिका एवम् समाजकल्याणमन्त्री विक्रमबहादुर थापा र वाम गठबन्धनका तर्फबाट एमाले नेता रामविर मानन्धर प्रतिस्पर्धामा छन् ।

देशभर नै वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनाबी प्रतिस्पर्धा रहेको अवस्थामा काठमाडौं–७ मा पनि दुबै गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन प्रचार–प्रसारलाई तिब्रता दिएका हुन् । पछिल्लो समयमा लोकतान्त्रिक गठबन्धनले आफ्नो चुनाव प्रचार अभियानलाई तिव्र रुपमा अघि बढाएसँगै वाम गठबन्धनका उम्मेदवार मानन्धरलाई यो क्षेत्रमा निर्वाचन जित्न कठिन हुने देखिएको छ ।

काठमाडौं ७ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बनेका राप्रपाका विक्रमबहादुर थापा, प्रदेशसभा तर्फ (क) मा नेपाली कांग्रेसका विजय बहादुर माली र (ख) मा धर्मराज अर्यालले चुनाबी प्रचारप्रसारलाई व्यापकता दिएका छन् ।

अघिल्लो संविधानसभाको निर्वाचनमा एमाले उम्मेदवार मानन्धरलाई भोट हालेका मतदाता पनि उनको कार्यशैलीबाट रुष्ट रहेका कारण यो चुनावमा लोकतान्त्रिक गठबन्धनको पक्षमा पल्ला भारी देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा उनको पकड क्षेत्रका रुपमा रहेको काठमाडौं महाननगरपालिका १६ मा नेपाली काँग्रेसको वडा अध्यक्षका उम्मेदवार मुकुन्द रिजालले चुनाव जितेका थिए ।

मानन्धरले भूकम्प जाँदा र त्यसपछि जनताको सुखदुःखमा साथ नदिएको, बाइपासमा जनताको घर भत्काएर आफू नजिकका यातायात व्यवसायीका भाडाका टाक्सी, माइक्रोबस र मिनिटाटा पार्किङ स्थल बनाएको, सरकारी पद र बजेट दुरुपयोग गर्दै छिमेकीको घर भत्काउने गरेकोप्रति मतदाताले चुनावका बेला प्रश्न उठाएका छन् ।
बाइपास क्षेत्रमा भर भत्काएर फराकिलो बनाइएको सडकमा अहिले ट्याक्सी पर्किङ बनाइएको छ ।
त्यसैगरी आफ्नो घर र फिल्म हल जोगाउन गैरकानुनी तबरले घर अगाडि पर्खाल लगाएको स्थानीयको आरोप छ ।

मानान्धरले चुनाव जितेपछि उनकै फिल्म हल अगाडिको अग्लो पर्खाल २ पटक भत्किसकेको छ । पछिल्लो समय कमजोर पर्खाल निर्माण गर्दा पुनः भत्किएपछि मानान्धरसँग त्यस क्षेत्रका जनता रुष्ट बनेका छन् । भत्किएको पर्खाल अझै पुनः निर्माण सम्पन्न हुन नसक्नुमा मानान्धर दोषी रहेको सर्वसाधारणको आरोप छ ।

लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रममा युवा र पाका दुवै उमेर समूहका मतदाताहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ । उम्मेदवार घरघरमा पुग्दा स्थानीयले घरमा पुष्पगुच्छा सहित स्वागत गरेका थिए । निर्वाचनलाई व्यवस्थित गर्न लोकतान्त्रिक गठबन्धनले सम्पूर्ण बुथहरुमा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ ।

घरदैलो कार्यक्रममा जनतासँग उम्मेदवारहरुले देशलाइ समृद्ध बनाउन र समाज सुधार गर्न लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनले मात्रै जनताका चाहना पूरा उनीहरुको दाबी छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...