काठमाडौं, १४ मंसिर । नेपाली साहित्यमा एउटा उखान चर्चित छ – ‘जसले घोडा चढ्छ, त्यही लड्छ ।’हो, घोडा चढ्नेहरु लड्छन्, लड्नु सामान्य कुरा हो । मानिसले लडेर उठ्न कति प्रयास गर्यो, उठ्न सक्यो कि सकेन त्यो महत्वपूर्ण हो ।आफ्नो क्षेत्रमा सफल हुनेहरु धेरै छन् ।
सफलताको स्वाद चाख्न खोज्दाखोज्दै असफलताको बाटोमा पुग्नेहरु पनि प्रसस्तै छन् । तर, सफल भएर पनि असफलताबाट गुज्रदै फेरि सफलताको बाटोमा लाग्नेहरु अत्यन्तै कम छन् । ती मध्येका एक हुन्, निलकण्ठ पौडेल ।पौडेल कुनै ठूला सुपरस्टार हैनन् ।

अर्बपती व्यापारी पनि हैनन् । उनीसँग त्यस्तो कुनै ठूलो योजना पनि छैन् । उनको एउटै सम्पती छ–सोच । समाजसेवा र राजनीतिमा जोडिएका पौडेल शारीरिक रुपमा अशक्त छन् । तर, मानसिक रुपमा सक्षम छन् । पढेलेखेको शिक्षित वर्गमा गनिने उनले शंकरदेव क्याम्पसबाट व्यावस्थापन संकायमा स्नाकोत्तर गरेका छन् । विभिन्न सस्थामा रहेर अपांगता भएकाहरुको लागि धेरै काम गरिसकेका छन् ।

अब काम गर्ने योजनाको लिस्ट उनीसंग लामै छ । तर, उनी इतिहास प्रस्तुत गरेर महान र योजना सुनाएर प्रशंसाको पात्र बन्ने पक्षमा छैनन् । भन्छन्, ‘बोलेर हैन, गरेर देखाउँछु ।’उनको योजनाको लामो लिस्ट मध्ये एक हो, ‘अपांगता भएकाहरुको मिस नेपाल, आगामी केही महिनामा उनले यो कार्यक्रम गर्ने बताउछन् ।’‘अपांगता भएकाहरुको मिस नेपाल किन त रु’ उनी भन्छन्, ‘ सुन्दरतालाई हेर्ने दृष्टिकोण परिभाषित गर्नु छ । शारीरिक कमजोरीलाई अभिशाप मान्नेहरुको लागि धेरै कुराहरु गरेर देखाउनु छ । त्यो मध्येको एक हो सुन्दरी प्रतियोगिता ।’

बाल्यकालपौडेल जन्मदा रिष्टपुुष्ट थिए । उज्याले अनुहार र ठूलो निधार थियो । निधार हेर्दै बुवाआमाले भन्थे, ‘यो सारै भाग्यमानी छ, पछि गएर ठूलो मान्छे बन्छ ।’ तर उनी ३ वर्ष नपुग्दै खुट्टा लुलो भयो । हात बाङ्गो भयो, आखाँ कम देख्न थाले । उनी राम्रोसँग हिड्न नसक्ने भए । शरीरको कम्मरमुनिको भाग लुलो भयो ।

अर्थात उनी अपांग भए । त्यस्तो हिष्टपुष्ट र सद्धे बालक एकाएक कसरी अशक्त रु उनको परिवारमा बज्रपात पर्यो । उनी अशक्त हुनुको कारणपछि थाहा भयो । उनलाई पोलियो खुवाइएको थिएन् ।

अन्य खोपहरुको पनि पाएका थिएनन् । रुपन्देही जिल्लाको सालदण्डी भन्ने विकट ठाउँमा त्यो बेला सरकारले पोलियो र अन्य भ्याक्सिनहरु पुर्याएको थिएन् । उनको आमा सुत्केरी हुदाँ पोषण र खोपहरु पनि थिएन् । यस्तै सामान्य कमजोरीको कारण उनी अपांग बन्न पुगे ।

उनी जसो तसो हुर्किए । शारीरिक अवस्था कमजोर भएको कारण साथीहरुसँग हिडडुल गर्ने र खेल्ने मौका पाएनन् । ‘दैवको नियती यस्तै रहेछ’ भन्दै चित्त बुझाए । सकिनसकि पढ्नको लागि स्कुल गए । शारीरिक रुपमा अशक्त भएपनि उनी पढाइमा अब्बल थिए । गाउँमै ५ कक्षा पास गरेर माध्यमिक शिक्षा लिन एक्लै बुटवल आए । ५७ सालमा बुटवल झरेर कान्ति मावीबाट एसएलसी सकाए ।

गाँउमा उनलाई अपांग भनेर हेप्थे । मन घोच्नेगरि तुच्छ बचन उनले दिनहूँ सहनुपथ्र्यो । बाटामा कसैले भेट्दा ‘कस्तो ठूलो कामको लागि हिडेको, तिम्लाई भेटियो साईत बिग्रियो’ भन्ने धेरै थिए । पूर्वजन्मको पाप बोकेको भनेर समेत उनको चित्त दुखाउथेँ । यस्तै यस्तै घोचपेच सहन उनी बाध्य थिए । किनकि, उनले वर्षौदेखि नियमित यस्तै सुन्दै आइरहेका थिए ।
पढाइमा अब्बलस्कुलमा उनी बक्तृत्वकलामा भाग लिन्थे । माइकमा बोल्न उनी निपुण थिए । स्कुलमा सरहरुले माया गर्थे । सधैँ राम्रो गर्न प्रेरणा दिन्थे ।

परिवारबाट सबैको सहयोग थियो । त्यसैले उनलाई समाजको तिरस्कारको मतलव लाग्दैन थियो । उनी निरन्तर आफ्नो अध्यनमा केन्द्रित रहे । २०५८ सालमा उनले प्रथम श्रेणीमा पास भए । बुटवलमै प्लस टु पास गरे । ब्याचलर उनले न्यु होराइजन कलेजबाट पास गरे ।पढ्दा पढ्दै उनी लुम्बिनी अपांग संघको अध्यक्ष भए ।

बोल्न जान्ने र राम्रो पढाइ भएकाले उनलाई त्यहाँ काम गर्न गाह्रो थिएन् । करिव २ हजार जति अपांगहरुको नेतृत्व गरेर बसेका उनले त्यहाँ अपांगता भएकाहरुको लागि राम्रो काम गरेका थिए । त्यस क्षेत्रमा उनको प्रभाव राम्रो थियो । उनको लक्ष्य आफू जस्तै साथीहरुलाई सक्षम बनाउनु थियो ।

राजनीतिमा सक्रियउनले ६२ र ६३ को जनआन्दोलनमा राजाको शाहीकदम विरुद्धमा बुटवलमा आन्दोलनको नेतृत्व गरे । ६१ सालमा राजा देशव्यापी भ्रमणमा थिए । उनी त्यो समयमा रुपन्देहीमा राजाको कार्यक्रम हेर्दै थिए । ती दिन सम्झिदै उनी भन्छन्, ‘राजा देश व्यापी भ्रमणमा थिए ।

मैलै देशमा संविधान चाहियो भनेर बोले । सेनाले मलाई पक्राउ गरि सोधपुछ गरेर तिन घण्टापछि छोडिदियो ।’विसं। २०६३ को आन्दोलन पछाडि उनलाई माओवादी नेत्री पम्पा भुसाल र नेता देवेन्द्र पौडेल भेट्न गए । त्यहाँबाट उनी माओवादीमा लागे । अपांग संघलाई उनले अखिल नेपाल क्रान्तिकारी अपांग संगठन दर्ता गरे । अपांग संघमा भएका कति साथी आए कति आएनन् । माओवादीमा लागेपछि उनले अपांगहरुको लागि आन्दोलन गरे । त्यो आन्दोलनले गर्दा धेरै अपांगहरुहरुले बुटवल नगरपालिकामा रोजगारी पाए ।त्यतिबेला उनी त्यहाँ चर्चित भइसकेका थिए ।उनी राजनीतिमा कुनै योजना बनाएर नलागेको बताउछन् ।

एनजीओको सानो मानसिकताले गर्दा अपांगता भएका व्यक्तिहरु विभिन्न सेवा सुविधाबाट बञ्चित थिए । उनले पनि अपांगता सम्बन्धि एनजिओमा काम गरे । उनको संगत त्यस्तै पर्यो । अपांगता भएकाहरुको लागि आएको बजेट उनीहरुको लागि खर्च हुदैन थियो । त्यही भ्रष्ट मानसितालाई रोक्न र अपांगता भएकाहरुको उद्धार गर्न राजनीतिमा आउने निधो गरे । र, राजनीतिमा होमिए ।

काठमाडौंको यात्रा त्यसपछि उनी मास्टर पढ्न काठमाडौं शंकरदेव क्याम्पसमा भर्ना भए । बुवा बितिसकेकाले आमासँग आएर खसीबजारमा कोठा लिए । त्यतिबेला क्याम्पस र राजनीति दुवैतिर सक्रिय थिए । शंकरदेव क्याम्पसमा २०६९ सालको स्ववीयू चुनावमा सदस्यको उम्मेददार बने । तर, त्यो चुनाव भएन् । उनी काठमाडौंमै सुुकुम्बासी आयोगको सदस्य र नेवा राज्य कमिटीको सदस्य भएर काम गरे ।काम गर्दै गएपछि उनलाई माओबादी मन परेन् । उनले माओवादी छोडिदिए ।

‘गाँउमा क्रान्तिकारी भनेर प्रशिक्षण दिएको जस्तो क्रान्तिकारी नेता कोही देखिन् । पुरानै शैली र अवसरवादीहरु मात्रै थिए । हामीलाई प्रशिक्षण दिएजस्ते केही रहेनछ ।’ उनले भने, ‘अनि मैलै हेटौडा महाधिबेसनबाट पार्टी त्यागिदिए । र आफ्नै आम नेपाली पार्टी खोले ।’पार्टी खोल्नुजस्तो चलाउन सजिलो थिएन् । पार्टी खोलेको केही समय उनको पार्टी निष्क्रिय बन्यो । उनी सीपी मैनालीको नेकपा मालेमा आवद्ध भए । त्यहाँ १ वर्ष बसेर उनी आफ्नै पार्टीमा फर्किए ।एक पार्टीबाट अर्को पार्टी किन त रु उनी भन्छन्, ‘त्यो मेरो रणनीतिक योजना हो । त्यहाँ जाने केही कुराहरु सिक्ने । साथीहरु बनाउने र आफ्नो पार्टीमा ल्याएर संगठित हुने । सिक्न, बुझ्न र आफ्नो पार्टीको संगठन बनाउन त्यो नगरि बिकल्प थिएन् ।’

आत्मविस्वासउनको राजीतिमा आउनुको उद्देश्य फरक छ । फराकिलो सोच बोकेर उनी राजनीतिमा आएका छन् । शारीरिक रुपमा अशक्त भएपनि मानशिक र शिक्षामा सबल छ भने जसले पनि नेतृत्व गर्न सक्ने उनी बताउँछन् । उनी आफैँपनि देशको नेतृत्व लिन सक्षम रहेको बताउँछन् ।‘देशकै नेतृत्व लिन सक्षम छु’ भन्दा उनको कुरा धेरैले विस्वास गर्दैनन् ।‘राज्यको विभिन्न निकायहरुमा बसेर काम गरेको अनुभव छ । राजनीतिक सस्कार बुझेको छु ।

विश्वव्यापी ज्ञान छ । देशको विभिन्न ठाउँमा घुमेर नेपालीहरुको समस्या र आवश्यक विकास के हो बुझेको छु ।’ उनी आफ्नो योग्यता थप्दै जान्छन्, ‘पढेको छु । मानसिक रुपमा सक्षम छु । मसँग योजनाहरु छन् । बोल्नेभन्दा पनि गरेर देखाउनु ठूलो कुरा हो । गर्न सक्ने नसक्ने मान्छे हेरेर हुदैन् । मान्छेको क्षमता कसैलै आँकलन गर्न सक्दैन ।’

समाजसेवामा समेत सक्रियउनले २०७१ सालमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको आधारमा राष्ट्रिय युवा पुरस्कार पाएका छन् । अन्य विभिन्न संघसस्थाहरुबाट सम्मानित भएका छन् । कतारको दोहामा ‘बेस्ट सोसल वर्कर अर्वाड’ पनि हात पारेका छन् । धेरैलाई थाहा नहोला उनी समाजसेवी पनि हुन् । अपांगता भएका व्यक्तिहरुको लागि उनले लामो समयदेखि धेरै काम गर्दै आएका छन् ।के छ त्यस्तो उनको काममा रु उनी आफूले विभिन्न ठाउँमा अपांगहरुको लागि स्कुल सञ्चालन गरेको बताउँछन् । काठमाडौंको नैकाप, पोखरा र बुटवलमा स्कुल सञ्चालन गरेका छन् ।

अन्य ठाउँमा स्कुल सञ्चालन गर्ने योजना रहको सुनाउँछन् उनी ।कैलालीमा उनले ह्वीलचियर र बैशाखी बनाउने कारखाना निर्माण गर्न लागेका बताउछन् । ‘धेरै साथीहरुले प्रयोग गर्नै ह्वील चियर बाहिरबाट आएकाले महंगो छ । यतै बनाउदा सस्तो पर्ने भएकाले त्यो काम सुरु गर्न लागेको हुँ ।’उनको बलियो आय स्रोत केही छैन्, तैपनि स्कुल चलिरहेको छ । ‘कसरी सञ्चालन भइरहेको छ स्कुल रु कसरी पढिरहेका छन् ती विद्यार्थी रु’ उनी भन्छन्, ‘अपांग विद्यार्थीहरुको अभिभावकहरुको सहयोगमा स्कुल सञ्चालन भइरहेको छ । अन्य क्षेत्रबाट पनि सहयोग आउछ । आफ्नो भवन नहुदाँ समस्या त छँदैछ ।’

स्थानिय चुनावको अनुभव२०६२–६३ पछि राजनीतिमा होमिएदेखि राजनीति र समाजसेवामा सक्रिय उनी यसपटक धेरै चर्चामा रहे । स्थानिय चुनावमा चन्द्रागिरी नगरपालिकाबाट मेयर पदमा चुनाव लडेका उनी मुख्य राजनीतिक दलको आँखाको तारो समेत बने ।
उनी जित्नको लागि चुनाव लडेका थिएनन् । उनलाई थाहा थियो तत्कालै उनी जित्न सक्दैनन् । अनि हार्ने चुनाव किन लडे त रु भन्छन्, ‘चुनौतीको लागि हो ।

मुख्य राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरु केही गर्न नसक्ने ठाने । हामी मानसिक रुपमा सक्षम भएपनि उनीहरुले हामीलाई भोटर मात्र सम्झे । त्यसैले हामी पनि केहीमा कमी छैनौ भनेर देखाउन चुनाव लडेँ ।’चुनावमा उम्मेदवारी दिएपछि मुख्य दलका नेताहरु उनको घरमै आउन थाले । अनेक प्रलोभन र आश्वासन दिन थाले । मेयर छोड्नुस, वडाअध्यक्षमा उठ्नुस भन्ने अफरहरु आउन थाले । उनी कसैको प्रलोभन र धम्कीमा परेनन् । स्वतन्त्र रुपमा आफ्नो कार्यक्रम गरे । घरदैलौ गरे । तर, उम्मेदवरी फिर्ता लिएनन् ।चुनाव भयो । उनीभन्दा पछि, फोरम, राप्रपा र जनमोर्चा परे ।

उनीहरुको जमानत जफत भयो । उनको जमानत जोग्गियो । उनी पाचौँ भए । उनी आफूले सम्मानजनक मत ल्याएको बताउँछन् । उनी चुनाव लडेर राजनीतिको पाठ नजिकबाट सिकेको बताउछन् । ‘कतिले मेरो बदनाम गर्न नराम्रो भन्दै हिडेँ ।’ उनी भन्छन्, ‘उनीहरुलाई मबाट डर थियो । मेरो कारणले हार्नेजस्तो देखिएपछि मेरोविरुद्ध जेपनि बोल्न पछि परेनन् । तर, मैले उनीहरुको ती कुराहरुलाई वास्ता गरिन् ।’

आफ्नो पार्टीको धारणाउनी आम नेपाल पार्टीका अध्यक्ष हुन् । ‘कस्तो हो आम नेपाली पार्टी रु’ आम पार्टीको परराष्ट्रनीति, कृषिनीति अन्य पार्टीको भन्दा फरक रहेको तर्क गर्छन् उनी । भारत–चीन र नेपालको त्रीदेशिय सम्बन्ध आम पार्टीको परराष्ट्रनीति भएको बताउछन् । त्यसैगरि मजदुर मालिकको सम्बन्ध सेयरको सम्बन्ध लागू गर्न आम नेपाली पार्टीले भूमिका खेल्ने उनको तर्क छ ।अहिले उनको पार्टीमा अन्य १० वटा पार्टी एकीकरण भएको छ । त्यसैले पार्टी ठूलो भएको उनी बताउछन् ।

आम नेपाली पार्टी अपांगहरुको मात्र पार्टी हैन्, युवा बृद्ध र सबै नेपालीहरुको पार्टी हो । सबैको लागि काम गर्ने नीति तथा कार्यक्रमहरु छ हाम्रो पार्टीको ।’ उनी भन्छन्, ‘अपांगहरुको लागि वर्षेनी धेरै बजेट सरकारले छुट्याउछ । तर त्यो बजेट खर्च हुदैन् । हामी सरकारमा गएपछि त्यो बजेट अपांगहरुकै लागि खर्च हुन्छ । अपांगहरुको बजेट रकामान्तर र फ्रिज हुदैन् ।’

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट