कपिलवस्तु १६ मंसिर । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका प्रतिनिधिसभा १ प्रदेशसभा ९१० का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ ।

बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विस्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताउनुभयो ।

राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवारको घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुनसक्ने भन्दै उक्त विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा सघाएको छ ।

शुक्रबार दिउँसो पनि शिवराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरी रिमोट बम प्रहार भएको थियो । रासस

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट