पोखरा, १६ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–३२ खुदीखोलाको किनारमा रहेको आराधना सीता आधारभूत विद्यालयको चारकोठे पक्की भवन निर्माण भएको छ ।

लायन्स क्लब अफ पोखरा कैैलाश चौतारीको करिब रु १० लाख ५० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । क्लबले विद्यालयको भवनसँगै फर्निचरको पनि व्यवस्था गरिदिएको छ ।

कच्ची र टिनको छाना भएको जीर्णावस्थाको भवनवाट बर्खायाममा पानी चुहिनाले क्लबले गत असारमा विद्यालय भवनको निर्माण शुरु गरी शुक्रबार विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ ।

लायन्स क्लब ३२५ बी १ नेपालका गभर्नर धनराज आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा लायन्स क्लबले सहयोग गर्दै आएको बताउनुभयो । रासस

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट