रत्ननगर, चितवन, १८ मंसिर । लियो सप्ताहअन्तर्गत विश्व अपांगता दिवसका अवसरमा चितवनको नारायणगढमा लायन्स÷लियो ह्विल चियर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको ह्विल चियर दौडमा समीर ठकुरी प्रथम भएका छन् ।

आइतबार भएको सो दौडमा राजकुमार मगर द्वितीय र नौसरा थापा तृतीय हुनुभयो । विजेतालाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त र भृकुटीपथ टोल सुधार समितिका अध्यक्ष विनय श्रेष्ठले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा दुई महिला र दश पुरुष गरी १२ जनाको सहभागिता रहेको थियो । यसैबीच अपांग जागरण अभियान, अपांगता उत्थान जिल्ला समन्वय समिति र चितवन नेत्रहीन संघको आयोजनामा २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

सो क्रममा भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले हरेक भौतिक संरचना अपांगमैत्री हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अपांग जागरण अभियानका जिल्ला अध्यक्ष अम्बिकालाल श्रेष्ठले अपांगको हकअधिकार स्थापनाका लागि राज्यको नीति आवश्यक छ भन्नुभयो । दिवसका अवसरमा जनचेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट