अदालतमा बिचाराधिन मुद्दाबारे लिलामिको ७ दिने सूचना प्रकाशित गरेकोमा जग्गाधनीद्धारा आपत्ति प्रकट

काठमाडौं, १९ मंसिर । श्रीजीपि शर्माको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ विशालनगर चण्डोलमा रहेको दुई रोपनी जग्गा सिटिजन बैंकले लिलाम सम्बन्धि सुचना निकालेकोमा आपत्ति प्रकट गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जग्गाधनी शर्माले जिल्ला अदालत काठमाडौं र उच्च अदालत ललितपुरमा बिचाराधिन अवस्थामा रहेको जग्गा बैंकले लिलामको सुचना निकालेर अदालतको मानहानी गरेको आरोप लगाएका छन् ।

जग्गाधनी शर्माले भने,‘मेरो जग्गाको बारेमा जिल्ला अदालतमा बिचाराधिन मुद्दा चलिरहेको छ, बैंकले मलाई त अन्यायमा पारेको थियो नै त्यसैमाथि अदालत समेतको मानहानी गरेको छ।’

उनले अघि थपे,‘सम्मानित अदालतको मानहानी गरेर बैंकले अरुलाई फसाउन खोजेको छ, म अदालतले देखाएको बाटोमा हिँड्न तयार छु, अदालतको आदेशलाई सम्मान गर्छु, बैंकले ७ दिने सुचना निकालेपछि म फेरी पनि उच्च अदालमा गएको छु, व्यक्तिगत सम्पतिलाई बैंकहरुले सुचना निकालेको बहानामा आफ्नो नाममा बनाउने खेल खेलेका हुँदा रहिछन्।’

शर्माले व्यवसायको लागि लोन लिनेहरुलाई उचित प्रकारको सेवा प्रदान गर्नुको साटो विभिन्न शीर्षकमा अल्झाउने र दुःख दिने काम गरेको समेत आरोप लगाए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...