काठमाडौं २१ मंसिर ।  तिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ । यस अवधिमा सुरक्षालगायत अत्यावश्यक सेवामा खटिने पासवाहक सवारी मात्र सडकमा दौडने छन् । निर्वाचनका लागि गरिएको यस्तो प्रतिबन्धले सर्वसाधारणको दैनिकीलाई भने निकै अप्ठ्यारो पार्नेछ ।

सार्वजनिक बिदा भए पनि अनौपचारिक क्षेत्रमा गर्नैपर्ने अनेकौं कामको दौडाहामा निस्कनुपर्ने सर्वसाधारण यसको प्रत्यक्ष मारमा पर्नेछन् । मतदान केन्द्र टाढा भएका वृद्धवृद्धा, शारीरिक रूपमा अशक्तलगायतलाई निर्वाचनमा सहभागिता जनाउनै हम्मे पर्छ ।

निर्वाचनका दिन सवारी आवागमनमा रोक लगाउने कुनै कानुनी व्यवस्था नभए पनि निर्वाचन आयोगले सबै निर्वाचनमा यसैगरी सवारीसाधन सञ्चालनमा एकदिने प्रतिबन्ध लगाउँदै आएको छ । विज्ञका अनुसार निर्वाचनका दिन कुनै पनि स्थानमा एकैपटक धेरै भीड हुन नपाओस् भनेर यातायातका साधन सञ्चालनमा रोक लगाउने अभ्यास भएको हो । ‘निर्वाचनको स्वच्छता र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सजिलो होस् भनेर नै सवारी आवागमनमा रोक लगाउने गरिएको हो,’ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, ‘अब यसमा सुधार गर्ने बेला भने आएको छ ।’  कान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट