भुल्किया, सिरहा २१ मंसिर । नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवम् सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेद्धवार अजयशंकर नायकले मुलुकमा अब स्थायित्व र समृद्धिको यात्रा सुरु भएको विश्वास व्यक्त गरेका छन् ।

आज भएको निर्वाचनमा नायकले जनता निम्न माध्यमिक विद्यालय भुल्कीया बडहरामाल कर्जन्हा नगरपालिकास्थित् वडा नम्बर ६ बाट मतदान गरेका हुन् । उनले उक्त बुथमा पहिलो मतदान गरेका थिए ।

रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । सिरहाकाको चारवटै निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नको लागि चिसो मौसम भए पनि बिहानैदेखि मतदाताहरु उत्साहका साथ घरबाट मतदान केन्द्र जाँदै छन् । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि ६० र प्रदेशसभाका लागि १ सय २१ ले प्रतिस्पर्धा गर्दै छन् । यीमध्ये ४ प्रतिनिधि र ८ प्रदेशसभा सदस्य चुनिने छन् । मतदाताको संख्या र सुविधालाई दृष्टिगत गर्दै जिल्लाभर १ सय ८ मतदानस्थल र ४ सय ३६ मतदान केन्द्र कायम गरिएका छन् ।

दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट