बर्दिया, २१ मंसिर । बर्दियामा विहान ७ वजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान जारी छ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । गौतम क्षेत्र न १ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उमेदवार हुन ।

विना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका(२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् । भुमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडा न २ मा रहेको ज्ञानोदय प्रँवि सोहरिया मतदान केन्द्र बाट मतदान गरेका छन् ।

विना विभागीय मन्त्री सन्कुतमार थारु र भुमिसुधार मन्त्री गोपाल दहित बर्दिया क्षेत्र न २ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बर्दियामा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको बर्दिया कांग्रेसका युवा नेता विशेष गौतमले जानकारी दिए ।

तस्विर : विशेष गौतम

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट