काठमाडौं, २१ मंसिर । आज नेपाली जनताको महामेला । आम निर्वाचनको दोस्रो चरणको दिन । मुलकका ४५ जिल्लामा खासगरि सामान्य नागरिकल कठ्याङग्रीदो चिसो र बम बिस्फोट लगायत विविध समस्याकाबीच मतदान गर्ने लाईनमा उभिएका छन् ।

आगनदेखि मतदानसम्मको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले बताए पनि राजधानीको नैकाप स्थित आज बिहानै मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ ।

हिजोमात्रै प्रहरीले निर्वाचनको अवधिभर ५० स्थानमा बम बिस्फोट भएको, एकजना म्यादि प्रहरीको मृत्य भएको र बम बिस्फोटमा संलग्न एक हजारजना गिरफ्तार गरेको जानकारि दिएको थियो ।

अज्ञात समुहले बम बिस्फोट गरेको भन्ने खण्डनलाई प्रहरीले नेकपाका कार्यकर्तालाई आधिकारिक बम बिस्फोट कर्ताको रुपमा पनि सार्वजनिक गरिसकेको छ ।

मुलुकको परिवर्तनमा जनताको एक भोटको खाँचो हुन्छ । मुलुकको विकासको लागि एकभोटको आवश्यकता पर्छ । निर्वाचनभन्दा अघिपछिका अन्तरवार्तामा देशका कलाकारहरु मुलुक र जनताको लागि हाम्रो भूमिका रहन्छ । हामी पनि जिम्वेवार हौ भन्छन तर निर्वाचनमा कुन कलाकारले के गरे ? हेरौ

राजेश हमाल

मुलुकको चिन्ता र चासो गर्नेमध्यका एक व्यक्ति हुन महानायक राजेश हमाल । हमाल समाचार प्रकाशित गर्ने समयमा भारतको देहेरादुनमा एक आयोजित कार्यक्रममा छन् ।

लोकतन्त्रमा निर्वाचन सुन्दर पक्ष हो भने मतदान लोकतन्त्रलाई बचाउने अभिन्न अंग हो ।  देश विकास र परिवर्तनको पक्षधर नेपाली नागरिकले आफ्नो मत उचित व्यक्तिलाई दिएर कर्तव्यावान नागरिकको परिचय दिनबाट चुक्नु हमालका लागि नैतिक प्रश्न हुनसक्छ ।
तथापि महानायक हमालको मताधिकार बञ्चित हुनुलाई उनको वेवास्था भन्ने वा बाध्यता ?

अथावा धेरै पटक भोट दिईयो तर विकासको नाममा नेताहरुले राम्रो काम गरेनन् यतिबेला नदिने भन्ने सोचमा उनि मताधिकारबाट बञ्चित भए । त्यसको आधिकारिकता उनि नेपाल आईसकेपछि मात्रै थाह होला ।

गायिका भावना आचार्यका अनुसार आजराति ९ बजेमात्रै हमाल लगायत कलाकारको टोलि नेपाल फर्किने छ ।
निर्वाचन आयोग र सरकारले नेपाली नागरिकलाई आफ्नो मताधिकारको उचित प्रयोग आग्रह गरेपनि साधारण भन्दा प्रख्यात व्यक्तिहरु, विद्यार्थीहरु, कलकारहरु नै आफ्नो कतव्र्यलाई भुलेर निर्वाचनमा भाग नलिनुलाई महत्वपूर्ण अर्थमा हेर्नसकिन्छ ।

रेखा थापा

लोकप्रिय नायिका रेथा थापाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदानकेन्द्रमा मतदान गरेकी छन् । उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा. राजन भट्टराई र काग्रेसँका तर्फबाट यूवानेता गगन कुमार थापा मैदानमा छन् ।

नायिका थापा राप्रापाकी सहमहामन्त्रि समेत हुन । मुलुकको चिन्ता र चासोलिने कलाकार मध्यकि एक शसक्त पात्र रेखाले यूरोपको भ्रमणलाई रद्धगरेर निर्वाचनका गतिविधिमा सहभागि भएको बताएकी छिन् ।

बद्री पंगेनी

चर्चित गायक बद्री पंगेनीले क्षेत्र नम्बर १ रामपुर पाल्लाको आधारभूत मावि केन्द्रमा मतदान गरेका छन् । उनि सफल गायक मात्रै होईनन । उनि एक अब्बल खेल प्रेमी पनि हुन। राष्ट्र र राष्ट्रियता प्रति उनि कसैसँग सम्झौता गर्न हुँदैन भन्छन् । मुलुक परिवर्तनको लागि आफ्नो कर्तव्य परा गर्ने बताउँदै आएका गायक पनि हुन उनि ।

भलै कुनै एकपार्टीको आमसभामा गीत गाउँछन होला । भोट मागे होलान । पार्टीका गीत गाए होलान तर कुनै न कुनै माध्यायमबाट असर नागरिकको परिचय दिनबाट पंगेनी चुकेका छैन् । उनि प्राय नेपाली मिडियामा छाईरहने व्यक्ति पनि हुन।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट