कृष्णराज गौतम : काठमाडौँ, २१ मंसिर । सुनौलो भविष्यका खोजीमा देशका विभिन्न स्थानबाट शहरी क्षेत्रमा प्रवेश गरी डान्सबार, डान्स रेष्टुरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा कार्यरत अधिकांश श्रमजीवी महिला तथा बालिकालाई यौनजन्य कार्यमा बाध्य पारिएकाले उनीहरुको वास्तविक अवस्था भयावह बन्दै गएको छ ।

धेरै मानिसको आवत जावत हुने बजार, चोकजस्ता स्थानमा खोलिने सो क्षेत्रमा सर्वसाधारण नागरिकले हेर्ने दृष्टिकोण समेत नकारात्मक पाइएको छ । महिला तथा बालिका असुरक्षित बन्दै गएको यस क्षेत्रलाई सरोकार पक्षले अविलम्ब सुधार गर्नुपर्ने देखिन्छ ।

यस क्षेत्रमा लगानी गर्ने धेरै व्यवसायीले ग्रामीण भेगबाट ससाना बालिकाको ओसार पसार गर्ने यो वा त्यो रुपमा उनीहरुलाई यौनजन्य कार्यमा संलग्न गराउने र त्यस कार्यबाट प्राप्त भएको रकमको ७५ देखि ९० प्रतिशत सेवाप्रदायकहरुले कमिसन लिने गरेको पाइएको छ ।

मनोरञ्जन क्षेत्रमा सेवाग्राहीले विभिन्न बस्तु तथा सेवाको सुविधा प्राप्त गरी रमाईलो गरिरहेको हुन्छ । विभिन्न उमेर, वर्ग समूहका सेवाग्राहीले रमाईलो गर्ने क्रममा खानेकुरा, पिउने कुराको सेवन तथा गीत, गजल, चलचित्र, नृत्यलगायत क्षेत्रमा आम्दानीको अनुपातमा लगानी गरेका हुन्छन । उक्त क्षेत्रमा सेवा लिन जानेले हासी खुसी पर्याप्त पैसा खर्चेका हुन्छन । त्यस्ता स्थान अहिले कसैको मनोरञ्जन प्राप्त गर्ने थलोका रुपमा विकास हुँदै छ भने विचौलियाले सेवाग्राही र सेवाप्रदायकलाई सम्र्पक गराई ठूलो रकम कमिसन प्राप्त गर्ने कार्यालयका रुपमा विस्तार हुँदै छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रिय बालकल्याण समिति, चेन्ज नेपाललगायत संस्थाले काठमाडौँका त्यस्ता केही मनोरञ्जन स्थलमा अध्ययन तथा अनुगमनका क्रममा अधिकांस बालिका १८ बर्ष भन्दा मुनिका पाइएपछि केही संस्थाले खुलेरै सुधारको माग गरेका छन । सञ्चालकले उनीहरुलाई दिएको निर्देशन अनुसार श्रमिक बालिकाले उमेर ढाटनुपर्ने, अविवाहित बालिकले अस्वभाविक श्रृंगारका साथै सिन्दुर पोते लगाएर सजिनुपर्ने, अतिथिलाई स्वागत गर्नुपर्ने, विभिन्न व्यवहार भएका ग्राहकबाट यौन दुव्र्यवहारको सिकार हुनुपर्नेलगायत बाध्यतालाई अन्त्य गर्न चेन्ज नेपालले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरेको छ ।

नाम दिइएका त्यस्ता क्षेत्रमा १८ बर्ष भन्दा कम उमेरका  वालिकाको माग हुने र उनीहरुको रुपका आधारमा काममा लगाइने गरिएको छ ।

यस्ता व्यवसायमा काम गर्ने कामदार महिला तथा पुरुष कर्मचारीको सेवा सुविधाको सुनिश्चितता रहे वा नरहेको सम्वन्धमा जानकारी लिनु, बालबालिकालाई प्रयोग गरेको वा नगरेको सम्वन्धमा जानकारी लिनु । साथै बालबालिका प्रयोग भएकोमा त्यसलाई निरुत्साहित गर्नु, पेसा व्यवसाय मर्यादित र व्यवस्थित वनाउन सहयोग गर्ने उद्देश्यले व्यवसायमा आश्रीत श्रमजीवी महिलाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न हुन वाध्य नगराएको सुनिश्चितता गर्नु अब स्थानीय तहमा बन्ने सरकारको दायित्व समेत हुनुपर्छ ।

महिला तथा बालिकालाई प्रलोभनमा पारेर ललाई फकाई यौन कार्यमा लगाउनु गम्भीर अपराध मानिएको छ । उक्त क्षेत्रमा सहभागी हुन बाध्य रहेका बालिकाले त्यहाँ आएर काम गर्नुपर्ने विभिन्न कारण हुन सक्दछन । कसैले घरमा आमा बाबु विदेशिएकाले हेरचाह गर्नेको अभावमा आफन्ती, इष्टमित्रलगायतले सहरमा काम लगाइदिने, केही बालिकाका महत्वकाक्षाले त्यहाँ आएर अरुका लागि मनोरञ्जनको साधन र पैसा कमाइदिने माध्यमका रुपमा बालिका प्रयोग हुन सभ्य समाजका लागि नसुहाउने कुरा हो ।

डान्सबार, डान्स रेष्टुरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत श्रमजीवि महिलाको पेशालाई मर्यादित बनाउनका लागि गैरसरकारी संघ संस्था तथा सरोकार पक्षबाट भएको प्रयासले सम्मानित सर्वोच्च अदालतबाट २०६५ सालमा निर्देशिका तयार गरिएको छ । उक्त निर्देशिका अनुसार त्यस क्षेत्रमा सञ्चालन भएका व्यवसायको अनुगमन, व्यवसायीलाई सुझाव प्रदान गर्नेलगायत नियम बनाइएको छ । मनोरन्जन क्षेत्रमा संचालित व्यवसायलाई मर्यादित गर्न र त्यहा कार्यरत श्रमजीवी महिलाको हक अधिकारका लागि सरकारी तथा गैरसरकारी निकायहरुले गर्नुपर्ने कामहरुको सम्वन्धमा कार्ययोजना वनाएर सोही वमोजिम काम भईरहेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

मनोरन्जन पेशामा संलग्न बालबालिकाको उद्धार र पुर्नस्थापनाको तयारी, श्रोत नक्शाङ्कनको माद्यमवाट मनोरन्जन क्षेत्रमा कार्यरत महिलाहरुको हक अधिकारका लागि काम गर्ने संघसंस्थाहरुसँग भएको स्रोत साधन, क्षमता कार्यक्षेत्र आदि सम्वन्धमा सूचना संकलन गर्ने कार्य भएको, व्यवसायीहरु र व्यवसायीहरुको हक अधिकारका लागि संगठित संस्थाहरुसँग वैठक, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको,  रेष्टुरेण्टमा काम गर्ने महिला तथा बालबालिका श्रमिकको विषयमा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय र सहकार्यको आवश्यक रहेको बताउनुहुन्छ ईन्दिरा पौडेल ।

बालबालिका र महिला श्रमिकहरु र उनीहरुको विद्यमान अवस्था, महिला श्रमिकहरुले लगाउने गरेको पोशाक, व्यवसाय स्थलको वातावरण, व्यवसाय दर्ता, नविकरण जस्ता आदिकारिक कागजात, सेवाग्राही, व्यवसाय धनी तथा मेनेजरले महिला कर्मचारी प्रति गरिने व्यवहार सरल हुनुपर्छ ।

कर्मचारीको पहिचानी कागजात (नागरिकताको प्रमाण पत्र, परिचय पत्र, नियुक्ति पत्र, करारनामा, कर्मचारी हाजिरी लगायतका विवरण, रेष्टुरेण्टमा महिला पुरुष र बालबालिका कर्मचारी संख्यालाई सूचकका रुपमा लिइएको छ ।

कामदारहरुको पहिचान खुल्ने कागजात सवैजसो व्यवसायीसँग नभएको (नागरिकता, निवेदन, नियुक्ती पत्र, करार पत्र केही पनि नभएको) अधिकांश महिलाहरु पारिश्रमिक सम्वन्धि जानकारी दिनुपर्छ व्यवसायीले । उनीहरुको पारिश्रमिक ज्यादै न्यून रहेको देखिन्छ, काम गर्ने वातावरण स्वस्थ र स्वच्छ नभएको (धुम्रपान मध्यपान सेवन गर्नुपर्ने, हावा पर्याप्त नआउने, अध्यारो कोठामा काम गर्नुपर्ने) देखिन्छ ।

अनिवार्यरुपमा रेष्टुरेण्ट दर्ता र नविकरण गरेर संचालन गर्नु पर्नेछ । १८ वर्ष मुनिका बालबालिकालाई काममा लगाउनु नहुने, कामदारहरुको अनिवार्य रुपमा नागरिकता हुनुपर्ने,  नेपाल सरकारले तोकेको न्युनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु नहुने, कामदार कर्मचारीलाई अनिवार्य रुपमा नियुक्तिपत्रको व्यवस्था गर्नुपर्छ । कामदारहरुको पेशालाई सुरक्षित बनाउन अनिवार्य कोषको व्यवस्था गर्नुपर्ने, कामदारको पेशालाई मर्यादित र सुरक्षित बनाउने, यौनशोषण, यौन दुव्र्यवहारका गतिविधि हुन नहुने, कामदारहरुले आफ्नो पहिचानसहित काम गर्ने वातावरण हुनु पर्ने, कामको समय तोक्नु पर्ने र अतिरिक्त श्रमको पारिश्रमिक थप गरिदिनुपर्ने सुझाव विभिन्न तहबाट प्राप्त भएको छ ।

मनोरञ्जन पेशालाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका सरकारी निकायहरुको भुमिकामा अनुगमन कार्यलाई मजवुत वनाईनुपर्ने, दर्ता तथा नविकरण अनिवार्य हुनुपर्छ । व्यवसायमा गैरकानुनीरुपमा प्रयोग भईरहेको बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न वहुपक्षिय सरोकारवाला निकायहरुसँग छलफल गरिनुपर्छ ।

सन् २००३ मा बालबालिका तथा महिला शोषणबिरुद्ध समाजमा जनचेतना फैलाएर त्यसको न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको चेन्ज नेपालले अहिलेसम्म त्यस क्षेत्रमा कार्यरत करिब ७ हजार बालिका पहिचान गरी करिब एक हजार बालिकालाई सिलाई बुनाई, कटाईलगायत व्यवसायिक सिप, तालिम उपलब्ध गराएर परिवारमा मिलन गराएको छ । उनीहरुलाई सिलाई मेसिन दिने, तरकारी पसल, फलफूल पसल खोल्न आर्थिक सहयोग उपलब्ध गराएको छ । चेन्ज नेपालका कार्यकारी निर्देशक प्रमेश प्रधानका अनुसार करिब १६ वर्ष अगाडि सो व्यवसायका सञ्चालकले गर्वका साथ बालिका तथा महिलालाई रोजगार दिएको दाबी गर्ने गरेको भए पनि अहिले काम गर्ने बालिकाको संख्यालाई लुकाउने गरेका छन ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट