युवराज रोइला : खोटाङ, मंसिर २१ । खोटाङमा मतगणना जारी छ । पछिल्लो मतगणनानुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईले १५३० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयले १०४२ मत पाएकी छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘क’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजन राईले ४०७ र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका सुभाषकुमार पोखरेलले २३८ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार राईले ८१४ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका विष्णुकुमार राईले ६१९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट