योगेश भट्टराई फराकिलो अन्तरमा विजयी

ताप्लेजुङ, २३ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...