एसइओ र डिजिटल मार्केटिङ बुटक्याम्प पुसको तेस्रो हप्तादेखि सुरु हुने

८ पुस, काठमाण्डौ । आगामी जनवरी ३ देखि १३ तारिख, अर्थात पौष १९ गते देखि २९ गते सम्म काठमाडौँ कमलादी स्थित ग्रिन कम्प्युटिंग एण्ड आइटी एकेडेमीमा १० दिनको SEO & Digital Marketing बुटक्याम्प आयोजना हुने भएको छ ।

बुटक्याम्पमा एसइओ (सर्च इन्जिन अप्टिमाइजेसन), डिजिटल मार्केटिङका बारेमा विस्तृत अन्तरक्रिया हुनेछ । अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेब तथा सोसल मिडिया बिना असम्भव जस्तै भइसकेकोले कार्यक्रममार्फत यसबारे जानकारी दिन लागिएको एसइओ विज्ञ प्रकाश खतिवडाले बताए ।

डिजिटल मार्केटिंग अन पेज र अफ पेज अप्टिमाइजेसन, लिंक बिल्डिंग, वेबसाइट तथा ब्लग प्रमोसन गर्ने लेटेस्ट गुगल टेक्निक, डिजिटल मार्केटिंग, सोसल मिडिया अप्टिमाइजेसन साथै वेब कन्टेन्ट म्यानेजमेन्ट सेरोफेरोमा रहेर इभेन्ट हुन लागेको कार्यक्रम आयोजक संस्थाका राम कुमार बानियाले जानकारी दिए ।

बुटक्याम्प मार्फत सहभागीहरुले आफ्नो बिजनेसलाई प्रमोट गरि नयाँ उचाईमा लान सक्ने दाबी आयोजकको छ ।SEO & Digital Marketing मा आफ्नो करियर बनाउन चाहनेका लागि यस तालिम फलदायी हुने विश्वास लिइएको छ ।

१० दिने ट्रेनिंग ग्रिन कम्प्युटिंग इन्स्टिच्युटले आयोजना गर्न लागेको हो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...