कञ्चनपुर, ९ पुस । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ ।

समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गराउने, धार्मिक एकता र एकरुपताका लागि भूमिका निर्वाह गर्ने आत्मज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यका साथ सत्संग कार्यक्रम शुरु हुने भएको हो ।

त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाइ तथा मञ्च व्यवस्थापन तथा आगन्तुकको बस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ ।

कार्यक्रमलाई भारतका धर्म प्रचारक तथा धर्म गुरु सतपाल जी महाराजले सम्बोधन गर्नु हुनेछ । सतपाल जी महाराजले सम्बोधन गर्ने भएपछि भारत र नेपाल गरी करिब ६० हजारको हाराहारीमा भक्तजन, श्रद्धालु आउने अनुमान गरिएको छ ।

त्यसैअनुरुप सुरक्षालगायत आगन्तुक पाहुनाको स्वागत, सत्कारको लागि सेवा समितिले केन्द्र प्रमुख महात्मा चमेली वाइजीको मूल संयोजकमा ५७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

यस्तो कार्यक्रमलाई सफलरुपमा सफल पार्न सके यसक्षेत्रको धार्मिकस्थलका बारेमा जानकारीे गराउनुका साथै पर्यटन प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने महाकाली अञ्चल आश्रमका अध्यक्ष गणेशप्रसाद भट्टले बताउनुभयो । रासस

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट