प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पूर्व अचानक नेपाली राजनीतिले धुव्राकार लियो । असोज १७ गते मंगलबारमा राजधानीको सभागृहबाट एकताको उद्घोससहित गत मंसिर १० र २१ गतेको निर्वाचनमा होमिएको वाम गठबन्धनका प्रस्तावहरु जनताले सम्बोधन गरिदिए । एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६०/४० को भागबण्डा लिएर जनतामा गए । त्यो पनि जनताले अनुमोदन गरे ।

पाँचवर्षे स्थिर सरकार र पार्टी एकताको नाराले विगतका अस्थिर सरकार र अन्त्यहिन राजनीतिक सहमतिबाट आक्रान्त बनेका जनताहरुले पाँचवर्षे स्थिर सरकारको लागि आफ्नो पार्टी र बिचारलाई समेत बन्दकी राखेर वाम गठबन्धनलाई भोट दिए । वाम गठबन्धनले प्रस्ताव गरेका सबै प्रस्तावहरुलाई जनताले सहर्ष स्वीकार गरेता पनि गठबन्धनले उपहारमा गुलाव दिन अझैसम्म सकेको छैन । राजनीतिक दलहरुले जनताबाट जुन अपेक्षा गर्छन त्यहि माग जनताले पूरा गरिदिन्छन तर राजनीतिक दलहरुले जनताका प्रस्तावहरुलाई मुखले स्वीकार गर्छन तर व्यहारमा रत्ति उर्तादैनन् भन्दा अन्यथा नहोला ।

पाँचवर्षको लागि राज्यको ढुकुटिबाट काम गरि नगरि जसरी पनि कुम्ल्याउन बाटो देखेका राजनीतिक दलका नेता कार्यकर्ताहरुले समानुपातिक कोटाको नाममा आफन्तहरुलाई भर्ति गरेका छन् । त्यो पनि पटकपटक अवसर पाएकाहरु कै पुराना अनुहारहरुको वर्चश्व रहेको छ । बिचार समावाद,व्यवहार नातावादको चुङ्गुलमा फसेको नेपाली राजनीति निष्ठाको मार्गमा पाईला बढाउन बहुत समय लाग्ने देखिन्छ । समानुपातिकमा मुख्यदलहरु मात्रै नभएर साना राजनीतिक दलहरुले पनि आफन्त कै नाम सिफारिस गरेका छन् । शक्ति र सत्ताको मुख ताकिरहेको राजनीतिले निश्चित व्यक्तिहरुको भलाई त गर्ला तर मुलुक र जनताको सर्वाङ्ग भलाई हुने कुरा कल्पना मात्रै हुन्छ ।

आजको मितिमा वाम गठबन्धनले दिन खोजेको सन्देशलाई नजिकबाट हेर्न हो भने मुलुकको समृद्धि र स्थायि राजनीति भएपनि सारमा आवरणले देखाएको चित्र नभेटिने तमाम आशंका उत्पन्न भएका छन् । पहिलो घुम्तीमा सरकार र एकता पछिको पार्टी अध्यक्ष को बन्ने रु दोस्रो घुम्तिमा सांगठनिक तथा शीर्ष नेताको व्यवस्थापन कसरी गर्ने र अन्तीम तेस्रो घुम्तिमा बैचारिक बाटो उभिएको छ । पहिलो घुम्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उभिएका छन् । दुवै अध्यक्षको मुखबाट निष्ठाका गर्विला वाणीहरु प्रहार निस्किन्छन तर रत्ति छोड्न सक्दैनन् ।

चुनाव पछिको वाम गठबन्धनको धारणा सार्वजनिक कार्यक्रममा दुवै अध्यक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्री भईसकेको जानकारि दिदै जग हसाउने काम गरेको धेरै भएको छैन् । त्यस पछि एमाले उपाध्यक्ष भीम रावलले पहिलो दर्जाका नेताले नेतृत्व दोस्रो तहका नेतालाई सुम्पेको खण्डमा आफूहरु तयार भएको बताएका थिए । केही दिन अघि मात्रै एमाले पार्टी सचिव एवम् यूवा नेता योगेश भट्टराईले पहिलो पंक्तिका नेता ओली र प्रचण्डबीचको सत्ता र पार्टी नेतृत्वको मोलमोलाईलाई इंकित गर्दै माधव नेपालाई पार्टी अध्यक्ष र ईश्वर पोखरेललाई प्रधान बनाउनु पर्ने धारणा सार्वजनिक गरेका थिए । जनमतले पनिवर्तमान वाम गठबन्धनले देखाईरहेका नाचलाई हेर्न चाहेका पक्कै होइनन् । मुलुकलाई समृद्धि र विकासको मार्गमा हिडेको देख्न चाहेका जनताले पाँचवर्षे स्थिर सरकारको सपनालाई विपनामा देख्न हतार गरिरहेका छन् ।

ओली र प्रचण्डकबीचको दुरी पछिल्लो समय नजिक भन्दा दुर भएको सत्य हो । पार्टी एकता संयोजन समितिको नाम दिएको टिमले आजको दिनसम्म बैठक सम्पन्न गर्न सकेको छैन् । विभिन्न कारण देखाएर लम्वेतान बनेको बैठकलाई नेता तथा कार्यकर्ताहरुले पर्खि रहेको देखिन्छ । बैठकले के निर्णय गर्ला रु कसरी अघि बढ्ने जस्ता तमाम प्रश्न तेस्राई रहेका छन् । निर्वाचन परिणामले देखाएको बाटोमा हिड्नुपर्ने वाम गठबन्धनलाई बाध्यता त छ नै त्यसैमाथि कार्यकर्ताको उच्च दवाव पनि छ । एमाले एकता नगरे हुन्थ्यो जस्तो गर्नु र माओवादी केन्द्रले एकताको लागि खुट्टा उचालेको जस्तो देखिनु दृश्य भ्रम होईन । केही हदसम्म सत्य हो ।

ओलीलाई शुरुवात देखि नै सरकारको भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको एमालेले पछिल्लो समयमा आएर सरकार, पार्टी अध्यक्ष र संसदिय दलको नेता एउटै व्यक्ति हुनुपर्ने उद्घोष गर्यो । यस वाक्यले माओवादी ससंकित बनेको पक्कै छ । एक व्यक्ति अनेक पदको विपक्षमा उभिएको माओवादी केन्दका अध्यक्ष प्रचण्डले चितवनमा पुगेर पहिले पार्टी एकता त्यसपछि सरकार निमार्णको प्रस्ताव गरेका छन् । नयाँ सरकार बन्न कम्तिमा पनि अझिै दुई महिना लाग्ने निश्चित देखिए पछि प्रचण्डले यस्तो निर्णय गरेको अनुमान गर्न सकिन्छ ।

दोस्रो धुम्तीमा आगामी समयमा नयाँ बन्ने पार्टीको सांगठनिक ढाँचाको विषय चुनौतिको रुपमा उभिएको छ । साथै शीर्ष नेताहरुको व्यवस्थापन पनि उत्तिकै तदारुकताका साथ समस्या बनेको छ । तथापी र्शीष नेताहरुले पदको लागि लडाई नहुने बताईरहेका छन् । विभिन्न गुट उपगुटको भक्त बनेर सक्ता र शक्तिको उपभोग गर्दै आएका नेता कार्यकर्ताहरुको अवतरणलाई पेचिलो विषयका रुपमा महसुस सबैले गरेका छन् । पार्टी एकता पछि शीर्ष नेता र तीनै नेताहरुको वरिपरि घुमेर नेता बन्ने सपना बुनेका कार्यकर्ताहरुको भविष्य के हुने रु भन्ने बारेमा एमाले र माओवादी केन्द्रमा आन्तरीक रुपमा ठुलो हल्ला चलिरहेको छ । उता माओवादी केन्द्रका केही नेताहरुले सम्मानजकन पार्टी एकता चाहेको खुलासा गरेका छन् ।

वाम एकताको तेस्रो घुम्तीमा बैचारीक मार्ग उभिएको छ । यावत गाँठाहरुलाई समाधान गर्नुपर्ने चुनौतिकाबीचमा बैचारिक वहस शुरु भएको छ । एमाले उप महासचिव घनश्याम भुषालले जबज र माओवादको औचित्य सकिएको धारणा सार्वजनिक गरेका छन् । तर एमाले वरिष्ट नेता माधव नेपालले जबज झनै उजागर भएको जिकिर गरेको सुन्नमा आयो । जबजका पीता स्व।मदन भण्डारीकी जीवन संगीनि एवम् सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भुषालको धारणा पछि चिन्तात भएको अनुमान गर्न सकिन्छ ।

एमालेलाई आजको दिनसम्म ल्याउने काम जबजले गरेको सत्य हो भने माअ‍ोवादी केन्द्रलाई माओवाद बिचारले यहाँसम्म ल्याएको अर्को सत्य हो । दुवै पार्टीका नेता कार्यकर्ताहरुले यि दुवै विचारलाई सहजै छोडेर नयाँ पार्टीको मार्गमा हिड्नुपर्ने धारणा अझै निमार्ण नगरेका अवस्था छ । प्रचण्ड पार्टी अध्यक्ष हुँदा एमाले माओवादीमा विलय भयो भन्ने र ओली पार्टी अध्यक्ष हुँदा माओवादी एमालेमा विलय भयो भन्ने खालको अन्जान मनोविज्ञान वाम एकतालाई मिलनमा केही अवरोध गरेपनि एकता पछिको भविष्य सुन्दर बनाउन नसक्ने निश्चित छ । कलम बनेर ज्ञान बाढौँ, गुलाव बनेर प्रेम ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट