‘छक्का पञ्जा’ टिमबाट किन बाहिरिए माग्ने बुढा ?

काठमाडौं, २८ पुस । चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिर निस्केका छन् । उनी हालै सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएका छन् ।

पहिलो पटक ‘छ एकान छ’ फिल्मबाट ठूलोपर्दामा पाइला राखेका माग्ने बुढाले त्यसयता ‘छक्का पञ्जा २’सम्म आइपुग्दा चार वटा फिल्म गरिसकेका छन् । यो क्याम्प भन्दा बाहिरको फिल्म अहिलेसम्म उनले गरेका थिएनन् । दिपकराज गिरी र दिपाश्री निरौला टिमसँग रहँदा हरेकजसो फिल्ममा उनले लगानीमा पनि साझेदारी गर्दै आएका थिए ।

अब भने उनलाई बाहिरी ब्यानरमा पनि दर्शकले देख्न पाउने पक्का भएको हो । यतिबेला माग्ने बुढाले १० लाख पारिश्रमिक लिएर सुदर्शन पूजाको फिल्ममा अनुबन्ध भएको समाचार भाईरल बनिरहेको छ । उनले नै १० लाख लिएको स्विकार गरिसकेका छन् ।

फिल्मको कथावस्तु मन परेकोले अभिनयको लागी तयार भएको उनले बताएका छन् । उता ‘छक्का पञ्जा’ टिमले बर्षमा एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुकुवा गरेकै कारण यो प्रोजेक्टको लागी तयार भएको समेत खुलाएका छन् । फिल्मको छायाँकन माघको तेश्रो साताबाट सुरु हुने बताईएको छ । फिल्ममा अन्य लिड कलाकार को रहने भन्ने खुलाइएको छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...