२८ पुस, काठमाण्डौ । डा. गोविन्द केसी र गोपाल पराजुलीबिचको लडाईमा बरिष्ठ अधिवक्ताहरु विभाजित देखिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र रमण श्रेष्ठले फरक फरक धारणा राखेका छन् ।
आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रको बारेमा टुङ्गो नलागेसम्म पराजुलीले पदीय हैसियतबाट टाढा रहनुपर्ने भन्दै भट्टराईले राजिनामा नदिएसम्म अनशन बसिरहन्छु भन्ने तरिकाले केसी अडानमा बस्न नहुने सुझाब दिएका छन् ।

श्रेष्ठले भने सडकमा अनशन बसेको भरमा राजिनामा माग्न नपाईने बताएका छन् । गोविन्द केसीले राखेका मागप्रति विमति जनाउँदै श्रेष्ठले कसैले अनशन बसेर जोकोहीको राजिनामा माग्न नहुने बताए ।

केसीको पक्षमा जनमत छ भन्दैमा संविधान र कानुन विपरित जान नहुने श्रेष्ठको तर्क छ । भट्टराईले गरेका तर्कले जनमानसमा गलत सन्देश जाने श्रेष्ठको आरोप छ ।
पराजुलीको शैक्षिक योग्यता र उमेरका विषयमा विगतमा नै मुद्दा परेको स्मरण गराउँदै श्रेष्ठले उक्त मुद्दामा कुनै प्रमाण नभेटिएको बताए ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट