काठमाडौं, ३० पुस । निर्वाचनमा पार्टीले पराजय भोग्नुको प्रमुख कारण नै पार्टी सभापति शेरबहादुर देउवाको अदुरदर्शीता भनेर आरोप लगाएको रामचन्द्र पौडेल समूहले आज गोप्य भेला गरेको छ ।

बरिष्ठ नेता पौडेल र नेताहरु कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीको गोप्य बैठक बसेर देउवाविरुद्ध सशक्त रुपमा जानुपर्ने निश्कर्ष निकालेको स्रोतको दाबी छ । आज (शनिबार) काठमाडौंमा उनीहरुले देउवाविरुद्ध मोर्चावन्दी गर्नेगरि गोप्य भेला गरेका हुन् ।

पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो ।

तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै तीन नेता पौडेल, सिटौला र केसीले मोर्चाबन्दी कसेका हुन् । १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी त झनै अहिले देउवामाथि खनिएका छन् ।

अर्ली महाधिवेशन बोलाउने र देउवालाई विस्थापित् गर्ने उनीहरुको योजना रहेको छ । सभापति देउवाले पार्टीमा एकलौटी गरेको र मनलाग्दी ढंगले पार्टी चलाएकोले चुनाव हारेको निश्कर्ष निकाल्दै अब उनलाई विस्थापित् गरेर अघि बढ्नेगरि मुभ चाल्ने तीन नेताको निश्कर्ष रहेको छ ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट