देउवाले गरे प्रभाशाली नेताहरुसँग छलफल, केन्द्रिय समितिको बैठक तत्काल बोलाउन पौडेलको माग

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका प्रभावशाली नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । छलफलका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् ।

विधान विपरीत भएको भन्दै पौडेलले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संसदीय बोर्ड बढीमा १४ सदस्यीय हुनेछ । तर, अहिले २४ जना केन्द्रीय नेताहरु छन् । यसैगरी कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ केन्द्रीय नेताहरु छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले बोलाएको बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको थियो ।

बैठकमा नेता पौडेलले केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन पनि माग गरेका थिए ।
छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...