१९५० को सन्धी समयअनुसार परिवर्तन गर्न भारत सकारात्मक

२ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता राजन भट्टराईले सन् १९५० को नेपाल–भारतबिचको सन्धी समयअनुसार परिवर्तन गर्न भारत सकारात्मक रहेको बताएका छन् ।

भर्खर नेपाल भारत प्रवुद्ध समुहको बैठकमा सहभागि भएर आएका भट्टराईले १९५० को मैत्री सन्धीमा भएका परिवर्तन गर्नुपर्ने विषयका सवालमा बैठकमा छलफल भएको बताउँदै नेपालले राखेका कुरामा भारतीय पक्ष सकारात्मक भएको दाबी गरेका हुन् ।

यथास्थितीमा १९५० को सन्धीलाई निरन्तरता दिन नहुनेमा दुवै पक्ष सहमत भएको उनको दाबी छ । बैठकमा सिमा व्यवस्थापन, दुई पक्षीय व्यापार, जलस्रोत लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

दशगजा क्षेत्रमा दुवैतिरबाट वस्ती विस्तार भइरहेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

सिमा क्षेत्रमा हुने सुरक्षाको सवालमा पनि बैठकमा बहस भएको थियो । सिमामा नक्कली मुद्रा भेटिने लगायतका विविध विषयमा भारतीय पक्ष पनि गम्भीर भएको उनले बताए ।

अहिलेसम्म भएका छलफललाई प्रतिवेदन बनाएर साउन १५ गतेभित्र बुझाउनुपर्ने भएकाले प्रवुद्ध समुह त्यसतर्फ केन्द्रित हुने बताए ।
अर्को बैठक फेब्रुअरीको २३ र २४ तारिखमा बस्ने सहमति भएको उनले बताए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...