प्रदेश प्रमुख तोक्ने तयारीमा देउवा, कांग्रेसका नेताहरुसँग छलफल

२ माघ, काठमाण्डौ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

अहिले भने कांग्रेसकै शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गरिरहेका छन् । कांग्रेसको कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरुको सहभागिता छ ।

एमाले–माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने छ ।

प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको बालुवाटार स्रोतले दाबी गरेको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...