‘मिल्कम्यान’ बन्लान् त अक्षय ?

एजेन्सी, १ फागुन । फिल्म ‘प्याडम्यान’ रिलिजपछि अब बलिउड स्टार अक्षय कुमारलाई एक अर्को बायोपिक फिल्मको अफर आएको छ । ‘मिल्कम्यान’ नामबाट चर्चित डा.वर्गीस कुरियनको जीवनीमाथी बन्न लागेको फिल्ममा उनलार्ई मुख्य भूमिकाका लागि अफर गरिएको छ ।

एकता कपूरले डा। वर्गीस कुरियनको जीवनीमाथी आधारित किताबको राइट्स किनिसकेकी छिन् । एकता यो फिल्ममा अक्षयलाई खेलाउन चाहिरहेकी छिन् । कुरियनको भूमिकामा अक्षय उचित हुने निर्माताको भनाई छ ।

अक्षयको गएको वर्ष ‘ट्वाइलेट एक प्रेम कथा’ र ‘प्याडम्यान’ जस्ता सोसल मुद्धामा आधारित फिल्मलाई दर्शकले औधी मन पराएका छन् । यही कारण निर्माताहरु उनीमाथी विश्वास गर्न थालेका छन् र उनलाई फिल्ममा कास्ट गर्न खोजिरहेका छन् ।

फिल्मका डाइरेक्टर र एडिटर श्री नारायण सिंहले डा.कुरियको बारेमा बताउँदै भने, ‘उनले आम जनताका लागि सम्मानयोग्य काम गरेका छन् । उनी एक दूरदर्शी सोच्ने विजनेशम्यान थिए । साथै, एक राम्रो व्यक्ति पनि थिए ।’

अक्षयले तत्काल ‘मिल्कम्यान’ गर्ने वा नगर्ने भन्ने निर्णय दिएका छैनन् । हालैमा रिलिज भएको ‘प्याडम्यान’ बाट उनले दर्शकको गज्जबको रेस्पोन्स पाइरहेका छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...