नेकपा एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्न सकस, मन्त्रीमण्डल विस्तारमा ढिलाई

फागुन ११, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।
सत्ता साझेदार एमाले र माओवादीलेद मन्त्रालय भागबण्डा टुङ्ग्याएपनि कसलाई मन्त्री बनाउने भन्नेमा दुवै दलमा विवाद दखिएको छ ।
मन्त्रीका आकांक्षी धेरै भएपछि दलहरुलाई सकस भएको हो ।

मन्त्रीको टुङ्गो लगाउने भन्दै एमाले स्थायी समितिको बैठक विहान नौ बजेदेखि बसिरहेको छ ।
एमालेभित्र नयाँलाई मौका दिने, विगतमा मन्त्री हुँदा राम्रो काम गरेका र अवसर नपाएकालाई सरकारमा पठाउने विषयमा छलफल भए पनि व्यक्तिको टुङ्गो लगाउन समस्या परेको हो ।

वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष ओलीबिच कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुरा नमिल्दा ढिलाई भएको नेताहरुले बताएका छन् ।
यता माओवादीलाई पनि समस्या त्यस्तै छ ।

यद्यपी आज दिनभरीमा दुवै दलले मन्त्री छनौट निष्कर्षमा पुर्याएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन् ।

एमाले र माओवादीबीच बिहीवार भएको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालयको नेतृत्व लिँदैछन्।

एमाले अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर, अहिलेसम्म उनको क्याबिनेटमा ३ सदस्यमात्र छन्। माओवादीलाई यसअघि मन्त्री पठाउन ओलीले आग्रह गरे पनि पठाउन सकेको छैन।

यसअघि हिजो बसेको माओवादीको कार्यदल बैठकले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको थिएन।


Loading...
Loading...

धेरैले पढेको

Loading...